बिहिबार २१ साउन २०७८

#***बाँकी छालाको तुलनामा कुइना र घुँडाको छाला बढी कडा हुन्छ, त्यसैले पनि बढी कालो हुन्छ । घुँडा र कुइनाको कालोपनलाई साबुनले घोटेर हटाउने प्रयास गर्नुभयो भने केही फरकपनको महसुस हुँदैन । यी भागको कालोपनालाई हटाउन यस्ता सजिला टिप्स अपनाउनुहोस् ।बेकिङ सोडा – एक चम्चा बेकिङ सोडालाई दुधमा मिसाउँने र पेस्ट बनाएर लगाउँने । दिनमा दुई, तीन पटक घुडा वा कुइनामा लगाउँनुहोस् फरक देख्नुहुन्छ ।बेसार, मह र दुध – बेसार, दुध र महलाई मिसाएर पेस्ट तयार गर्ने । त्यसलाई कुइना र घुडामा लगाएर कम्तिमा २० मिनेट राख्नुहोस् र भिजेको हातले समाज गर्दै पानीले धुनु होस् ।चिनी र जैतुनको तेल – चिनी र जैतुनको तेललाई मिसाएर गाढा पेस्ट बनाउँनुहोस् । घुडा र कुइनामा ५ मिनेटसम्म राम्ररी मसाज गर्नुहोस् । केही समयपछि साबुन लगाएर पानीले धुनुहोस् ।


Last Updated on: January 24th, 2021 at 6:59 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४१० पटक हेरिएको

तपाईको प्रतिक्रिया