शुक्रबार ०४ आषाढ २०७८

*#*खाना खाने कुरामा मानिसहरूको आ-आफ्नै बानी हुन्छन् । कतिपय मानिसलाई साँझ नपर्दै खान मन पर्छ भने कतिलाई राति ढिलो खान मन लाग्छ । शरीरमा पनि यो बानिएको असर परिरहेको हुन्छ । रातिमा खाएको खानाको असर निद्रामा समेत पर्छ । रातिमा सुत्नु अघि खाना खानु राम्रो कुरा होइन । यसको नकारात्मक असरले तपाईँलाई गहिरो निद्रा नपर्ने समस्या हुन्छ ।आयुर्वेदमा सुत्नु भन्दा २ घण्टा अघि नै खाना खाइसकेको हुनु पर्ने उल्लेख छ । खाना खाने बित्तिकै सुत्ने बानिले मोटोपन बढाउँछ । त्यति मात्र होइन यसले गर्दा पाचन प्रणालीमा समेत असर गर्छ ।यहाँ रातिको समयमा खान नहुने १० खानाको चर्चा गरिएकोछ।

(पास्ता )पास्ता निक्कै छिट्टो तयार हुने ब्यञ्जन मध्ये एक हो । मानिसहरु सजिलो हुने भएका कारण रातिमा पास्ता बनाएर खान्छन् । तर यसमा हुने अत्याधिक कार्वोहाइड्रेटको मात्राले शरीरमा पाचन प्रणालीमा असर पर्छ । रातिमा गरिने आरामको समयमा सहजै नपच्ने तत्व हुने हुँदा पास्ता रातिमा खानु राम्रो हुँदैन । यसले एसिडिटी बढाउन सक्छ ।

(मसलेदार खाना) रातिको समयमा मसलेदार खाना उपयुक्त हुँदैन । यसले शरीरमा पित्तको मात्रा बढाउँछ । मरिच र अन्य यस्तै मसला भने स्वास्थ्यका लागि राम्रै मानिन्छन् । तर अत्याधिक मसलेदार खाना रातिमा परहेज गर्नु नै उपयुक्त हुन्छ ।
मिठाइःरातिको समयमा मिठाइ खानु पनि राम्रो होइन । यसले दाँतमा असर गर्छ र मोटो पन पनि बढाउँछ । शरीरमा नकारात्मक प्रभाव पनि पर्छ ।

(चाउचाउ वा चाउमिन) चाउचाउ वा चाउमिन पनि हाइ क्यालोरी हुने खाने कुरा हुन् । तसर्थ रातिको समयमा चाउचाउ र चाउमिन खानु राम्रो हुँदैन । सुत्नु अघि चाउचाउ र चाउमिन जस्ता खानेकुरा खाँधा पेटमा अनेक समस्या आउन सक्छ । तसर्थ सुत्नु अघि यी खानेकुरा नखानुस् ।


Last Updated on: January 24th, 2021 at 7:34 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया