शनिबार १८ मंसिर २०७८

*#*उच्च रक्तचाप भएजस्तै कतिपयलाई ब्लड प्रेसर लो हुने गर्छ। रक्तचाप न्यून भएका बिरामीहरूलाई पनि समान हेरचाह र जीवनशैली परिवर्तन आवश्यक पर्छ भन्नेमा धेरैलाई थाह नहुन सक्छ। तपाई वा तपाईँको कोही आफन्तजन न्यून छ भने तपाईँले निम्न उल्लेखित तरिका अपनाउन सक्नुहुन्छ।

मदिरा त्याग्ने र बढी पानी पिउनेः मदिरा पिउदा रक्तचाप बढ्छ भन्ने धारणा पनि पाइन्छ। हरेक (१०) ग्राम रक्सि पिउदा तपाईको प्रेस १ एमएमएचजीले बृद्धि हुन्छ। तर न्यून रक्तचाप छ भन्दैमा कहिल्यै पनि मदिरा पिउने भूल नगर्नुहोस। अत्यधिक अल्कोहलको मात्राले डिहाइड्रेसन ल्याउछ र झन् रक्तचापको मात्रा घट्छ। बरु प्रर्याप्त मात्रामा पानी पिउनुहोस जसले रक्त प्रबाह सशक्त र तीब्र हुन्छ। शरिरमा पानीको मात्रा बढी भएमा पनि न्यून रक्तचापबाट थोरै मात्रामा भएमा जोगिन सकिन्छ।

नूनको मात्रालाई अनुगमन गर्नुहोसः रक्तचाप बढी भएको अवस्थामा निश्चय नै नुनको मात्रा घटाउनु बुद्धिमानी हुनेछ। तर रक्तचाप कमि भयो भन्दैमा नुनको मात्रा बढाउनु कदापी राम्रो होइन। नुनको मात्रा बृद्धि गर्दा उच्च रक्तचापको खतरामा बढाउछ, अंगहरुलाई असर गर्छ र स्वास्थ्यसम्बन्धी अन्य जटिलता ल्याउछ। चिकित्सकले सुझाब दिएको दैनिक २ देखि ३ एमजी नुनमात्र प्रयोग गर्नुपर्छ।


Last Updated on: January 24th, 2021 at 7:48 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३५४ पटक हेरिएको

तपाईको प्रतिक्रिया