शुक्रबार ०४ आषाढ २०७८

*#*तरकारीको स्वाद बढाउनको लागि मात्रै होइन औषधिको रूपमा पनि लसुनलाई वर्षौँ देखी प्रयोग गरिन्छ । आयुर्वेदिक चिकित्सकका अनुसार लसुनको प्रकृति गर्मी र सुख्खा हुन्छ । धेरै औषधीय गुणहरू हुने लसुन खाएमा हामीलाई धेरै फाइदा हुन्छ । तर केही यस्ता स्वास्थ्य समस्या भएका मानिसहरूलाई लसुन खाएमा झन् बढी हुन सक्छ । त्यसैले थाहा पाइराखौँ कस्तो अवस्थामा लसुन खाएमा त्यसले मानिसहरूलाई नोक्सान पनि गर्न सक्छः

*. कलेजोको समस्या छ भनेः पहिले देखी कलेजोको समस्या छ भने लसुन नखानुहोस । धेरै लसुन खानाले झनै समस्या बढ्न सक्छ ।

**. होमियोप्याथिक ओषधि प्रयोग गरिरहनुभएको छ भनेः होमियोप्याथिकको औषधि प्रयोग गरिरहनुभएको छ भने लसुन खानु हुदैँन । यस्तो अवस्थामा लसुन खाएमा औषधिले काम गर्दैन् ।

***.निम्न रक्तचापको समस्या छ भनेः धेरै लसुुन खानाले ब्लड प्रेशर कम हुन्छ । पहिले देखि नै लो ब्लडप्रेशरको समस्या छ भने लसुन नखानुहोस ।

****. यदि एनिमिया छ भनेः लसुन खानाले हेमोलिटिक एनिमिया वा हेमोग्लोबिनको कमी हुन सक्छ ।


Last Updated on: January 24th, 2021 at 8:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८५५ पटक हेरिएको

तपाईको प्रतिक्रिया