मंगलबार १९ साउन २०७८

*#*#२० जनवरीमा अमेरिकाका ४६ औं राष्ट्रपतिको रुपमा शपथ ग्रहण गर्दै गर्दा जो बाइडेन घडीका कारण पनि चर्चामा रहे। पारिवारिक बाइबललाई हातमा राखेर शथप ग्रहगा गर्दै गर्दा मिडियाका क्यामेरा उनको हातको घडीमा केन्द्रित भए । बाइडेनको बायाँ हातमा जुन घडी थियो त्यो रोलेक्स डेटजस्ट थियो । निलो डायलकेस रहेको यो घटी स्टेनलेस स्टिलबाट बनेको छ जुन घडीको मूल्य ७ हजार डलर (८ लाख १८ हजार रुपैयाँ ) पर्छ ।

(न्यूयोर्क टाइम्सका )अनुसार बाइडेन मात्र नभइ यसअघिका राष्ट्रपतिहरु पनि शपथ ग्रहणका क्रममा महंगो घडी लगाएका देखिएका थिए । यसलाई पदको हिसाबले पनि उपयुक्त मानिन्छ। ह्वाइट हाउसमा राखिएका तस्वीरमा पूर्वराष्ट्रपति आइजन ओभर र लिंडन बी जोनसनको हातमा रोलेक्स गोल्ड घडी देखिन्छ । आम रुपमा रोलेक्स गोल्ड घडी राष्ट्रपतिको लागि बनाइएको मानिन्छ । कैयौं उच्च नेता र राष्ट्राध्यक्षले यस्ता घडी लगाउँछन् ।

***बिल क्लिन्टनको हातमा पनि यस्तै घडी देखिन्थ्यो । उनी टाइम्याक्स आइरनम्यान मोडल लगाउँथे । जर्ज डब्लु बुशको हातमा टाइम्याक्स इण्डिंग्लो देखिन्थ्यो। बाराक ओबामाले शिनोला ब्राण्डको घडी लगाउँथे । यसको मूल्य त्यतिबेला ५ सय डलर थियो । यो मोडल अमेरिकाको डेट्रायटमा मात्र बन्छ । डोनाल्ड ट्रम्पले प्याटेक फिलिप, रोलेक्स र भ्याकेरोन कन्स्टान्टिन गोल्ड घडी लगाउँथे ।


Last Updated on: January 24th, 2021 at 10:16 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया