सोमबार ०७ आषाढ २०७८

*#*#भर्खरै सत्ता छाडेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध ८ फेब्रुअरीदेखि महाभियोगमाथि सुनुवाइ हुने भएको छ। यसबारे प्रक्रिया भने आजै अर्थात् सोमबारबाट सुरु हुने जनाइएको छ।
***संसदको तल्लो सदन हाउस अफ रिप्रेजेन्टिटेटिभले महाभियोगको प्रतिलिपि माथिल्लो सिनेटमा पेस गर्नेछ। यसपछि, दुवै सदनले महाभियोगका लागि तयारी सुरु गर्दछ।
***अमेरिकी लोकतन्त्रको २ सय ३१ वर्षे इतिहासमा एकै राष्ट्रपतिलाई दोस्रो पटक महाभियोगको सामान गर्न लागेको यो पहिलो पटक हो।**हाउस अफ रिप्रिजन्टटेटिभमा यसबारे प्रस्ताव पारित भइसकेको सदनका बहुमतप्राप्त नेता चक सुमरले यसबारे जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
*#*अमेरिकी इतिहासमा पहिलोपटक डेमोक्रयाटिक पार्टीका एन्ड्रयु जोनसनले महाभियोग प्रस्ताव सामना गरेका थिए। पछि १८६९ मा डेमोक्रेट पार्टीले चुनावमा हार बेहोरेपछि रिपब्लिकन पार्टीका उम्मेदवार जनरल युलिसिस एस ग्रान्ट राष्ट्रपति बनेका थिए।***अमेरिकी संसदीय इतिहासमा हालसम्म तीन राष्ट्रपतिविरुद्ध संसदमा महाभियोग प्रस्तुत भएको छ । यसमा एन्ड्रयू जोनसन, बिल क्लिन्टन र डोनाल्ड ट्रम्प रहेका छन् । रिचर्ड निक्सनले भने महाभियोगबाट बच्न पहिले नै पदबाट राजीनामा दिएका थिए ।


Last Updated on: January 25th, 2021 at 8:44 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०३ पटक हेरिएको

तपाईको प्रतिक्रिया