बिहिबार २१ साउन २०७८

*#*#दाङ – प्रधानमन्त्री केपी शर्मा ओली आज दाङको देउखुरी जाने भएका छन् । एकवर्ष अघि निर्माण सम्पन्न भएको नेपालकै दोस्रो लामो पक्की पुल उदघाटन गर्न प्रधानमन्त्री ओली आज त्यसतर्फ जाने भएका हुन् ।
***लुम्बिनी प्रदेशको स्थायी राजधानीस्थित राप्ती नदीमा राप्ती गाउँपालिकाको सिसहनियाँ र गढवा गाउँपालिकाको महदेवा जोड्ने उक्त पुल आज प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
#*#उक्त पुल २०७३ मंसिर २२ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शिलान्यास गरेका थिए । ८६० मिटर लम्बाइ र साढे १० मिटर चौडाइ रहेको पुल करिब एक अर्ब रुपैयाँ लागतमा बनेको हो । ***,पुल एएनके लुम्बिनी वाइपी जेभी कम्पनीले निर्माण गरेको हो । वर्षायाममा जोखिमपूर्ण तरिकाले डुंगाबाट तरेर यात्रा गरिरहेका देउखुरीबासी पुल बनेपछि खुशी भएका छन् ।


Last Updated on: January 25th, 2021 at 8:56 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया