शुक्रबार ०४ आषाढ २०७८

*#*#वरुण धवन र नताशा दलाल विवाह बन्धनमा बाँधिइसकेका छन् । यी दुईको विवाह अलीबागको द मेन्शन हाउस रिसोर्टमा भएको हो । वरुण धवन र नताशा दलालको विवाह स्थलमा थुप्रै दिनदेखि मिडियाकर्मीको बाक्लो उपस्थिती छ । यस्तोमा अब उनीहरुले आफ्नो विवाह पूरा भएपछि मिडियासामू सार्वजनिक भएका छन् । (फोटोग्राफरसँग वरुणको ठट्टा)
****वरुण धवन र नताशालाई देखेर त्यहाँ उपस्थिती फोटोग्राफर उपस्थित भए र उनीहरुलाई विवाहको शुभकामना दिन थाले । केहीले नताशाको नाम लिएर उनलाई क्यामरातिर हेर्न भने त कतिले विवाहको शुभकामना भनेर चिच्याए । यो देखेर वरुण धवनले सबैलाई शान्त पार्ने कोसिस गरे । वरुणले भने, ‘आरामले, आरामले…. डराउलिन् विचरी…’ यो कुरा सुनेर नताशा पनि हासिन् । वरुण धवनले सोसल ***मिडियामा आफ्नो विवाहको घोषणा गर्दै केही फोटो सेयर गरेका छन् । उनले दुई फोटो सेयर गरेका छन् । ती फोटो सेयर गर्दै उनले भने, ‘जीवनभरको प्रेमले आज आधिकारिकता पायो ।’


Last Updated on: January 25th, 2021 at 9:12 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया