शनिबार १८ मंसिर २०७८

*#*#जीवन र मरण जीवनको सबभन्दा ठूलो सत्य हो। जन्मिने मान्छे मर्नैपर्छ। आफूनजिक रहेका मृत व्यक्ति कहिलेकाहीँ सपनामा आउँछन्। यस्तो अनुभव अनौठो रहस्यमय हुन्छ। मनोविज्ञानका अनुसार सपनाहरूमा विशेष सन्देश लुकेका हुन्छन्।****सपनामा देखापरेर मृत व्यक्तिहरूले निर्देशन वा आश्वासन दिन्छन्। पछि हुने कुनै नराम्रो घटनाका बारेमा सावधान पनि गराउँछन्। सपनामा लुकेका सन्देश बुझ्दा मान्छेले जीवन परिवर्तन गर्न सक्छ।*#*#,यस्ता सपनाहरूमा उठ्ने भावना तीव्र र ज्वलन्त हुन्छन्। सपना देख्नेले आफू वास्तविकता बाँचिरहेको छु भन्ने ठान्छ। कहिलेकाहीँ त निद्रा खुलेपछि पनि मानिस सपनाको प्रभावबाट बाहिर निस्कँदैन । यस्ता सपनाको प्रभाव केही क्षणदेखि धेरै वर्षसम्म रहन सक्छ।
****यस्ता सपनामा देखिने परिचित व्यक्ति जीवनमा बिरामी थिए वा बिरामीकै कारण मरेका हुन् भने पनि स्वस्थ देखिन्छन् । सपनामा देखिने उनीहरूको अनुहार तेजिलो देखिन्छ ।


Last Updated on: January 25th, 2021 at 3:07 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१०८४ पटक हेरिएको

तपाईको प्रतिक्रिया