मंगलबार ०८ आषाढ २०७८

****दिनेश राउतको निर्देशन रहने फिल्म ‘प्रकाश’ का लागि हिरोइन फाइनल भएको छ । निर्माण युनिटले धनगढीकी रेनु योगीलाई हिरोइनको रुपमा फिल्ममा भित्र्याएको हो । फागुनको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा योगी अभिनेता प्रदीप खड्काको जोडी बन्नेछिन् । योगीको प्रस्तुति र फिल्मको क्यारेक्टर हेरेर उनलाई छनौट गरिएको निर्देशक राउतले बताए ।
*#*#*योगीलाई अडिसन मार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले छानेको उनले जनाए । ब्याचलर अध्यायनरत रेनु थियटर आर्टिस्ट पनि हुन् । उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक अभिनय गरेकी थिइन् । योगीले अहिलेसम्म १० भन्दा बढी नाटक, सर्ट मुभी र डकुमेन्ट्रीमा मा गरेकी छन् ।
###जुम्लामा छायाँकन हुने फिल्मको ४५ दिन सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेद्र अधिकारीले निर्माण गर्न लागेका हुन्, भने कथा विकास सुवेदीको रहेको छ ।


Last Updated on: January 25th, 2021 at 6:50 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया