सोमबार ०७ आषाढ २०७८

***स्वर्गीय राजा वीरेन्द्रवीर विक्रम शाह र रानी ऐश्वर्य राज्यलक्ष्मी शाहको आकृति बनाएर भरतपुरमा राजारानी रेष्टुरेन्ट सञ्चालन गरिएको छ । भरतपुर महानगरपालिका–१० सिनर्जी रोडमा प्रभा अधिकारी र चन्द्रविलास अधिकारीले रेष्टुरेन्ट चलाइरहेका छन् । ‘म १२ वर्षको उमेरमा राजा वीरेन्द्रको वंश नाश गरिएको घटनाले मलाई निकै दुःखी बनाएको थियो ।

***अहिले उनैको सम्झनामा राजारानी होटल खोलेको हुँ’ चन्द्रविलासले भने ।रेष्टुरेन्टको भित्तामा राजारानीको आकर्षक आकृति कोरिएको छ ।५० हजारको लागतमा राजारानीको आकृति बनाएको चन्द्रविलासले बताए। १४ धुर जग्गामा फैलिएको रेष्टुरेन्टमा एकैपटक ५० जनालाई सेवा दिन सकिने चन्द्रविलासले जानकारी दिए ।

***भाडामा जग्गा लिएर भवन निर्माण गरी रेष्टुरेण्ट सञ्चालनमा ल्याइएको उनी बताउँछन् । रेष्टुरेन्ट निर्माणमा ३५ लाख रुपैयाँ खर्च भएको अधिकारीले बताए ।रेष्टुरेन्टमा खाना र खाजाका विभिन्न परिकारहरु पाइन्छ । पोलेको मा’सु पनि खान पाइने अधिकारीले बताए । रेष्टुरेन्टमा वर्थडे पार्टी पनि गर्न सकिने उनको भनाइ छ ।


Last Updated on: January 25th, 2021 at 9:22 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया