मंगलबार ०८ आषाढ २०७८

*#*#१३ माघ, काठमाडौं । प्रिमियर लिग क्लब टोटेनहम एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको चौथो चरणको खेलमा च्याम्पियनसिप क्लब वाइकम्ब वान्डरसलाई ४-१ ले पराजित गर्दै टोटेनहम प्रिक्वाटरफाइनलमा पुगेको हो ।****वान्डरसको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थामा टोटेनहमले पुनरागमन गर्दै चार गोल गरेको हो ।खेलको २५ औं मिनेटमा फ्रेडले गोल गर्दै घरेलु टोली वान्डरसलाई अग्रता दिलाएका थिए । तर अग्रता लामो समय टिक्न सकेन । ४५ औं मिनेटमा गारेथ बेलले टोटेनहमका लागि बराबरी गोल फर्काए ।*#*#*टोटनहमले अन्तिम चार मिनेटमा तीन गोल गरेको थियो । ८६ औं मिनेटमा ह्यारी विंक्सले गोल गर्दै टोटेनहमलाई २-१ को अग्रता दिलाए । लगत्तै अर्को मिनेटमा टानगुए एनडोम्बेले गोल गर्दै टोटेनहमलाई ३-१ को अग्रता दिलाए ।****त्यसपछि ९० औं मिनेटमा एनडोम्बेले व्यक्तिगत दोस्रो गोल गर्दै (टोटनहमलाई ४-१ को जित दिलाए ।)
टोटेनहमले अब पाँचौ चरणमा एभर्टनसँग खेल्नेछ ।


Last Updated on: January 26th, 2021 at 8:34 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया