सोमबार ०७ आषाढ २०७८

*#*#,प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा नेकपाका प्रमुख सचेतक देव गुरुङको रिटमा सुनुवाइ भइरहेको छ । आइतबारदेखि शुरु भएको सो रिटको सुनुवाइ मंगलबार पनि चल्नेछ ।****सोमबार गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापाले बहस गरेका छन् । संवैधानिक इजलाशमा शम्भु थापाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओली अधैर्य भएको टिप्पणी गरेका छन् । सोमबारको बसहमा उनले भने –‘प्रधामन्त्री र राष्ट्रपतिले एकछिन पनि धैर्य गर्न सकेनन् ।’ तर, इजलाशमा प्रधानन्यायाधीशसहितका अन्य चार चार न्यायाधिशले धैर्यता देखाएको भन्दै थापाले प्रसंसा गरे । थापाले भने–‘श्रीमान्हरुको धैर्यता त विशाल छ है ।’
*****आइतबारदेखि शुक्रवार अनि, फेरि निरन्तर सुनुवाइ गरेर न्यायाधीशहरुले धैर्यता देखाएको भन्दै थापाले प्रशंसा गरेपछि न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले हाँस्दै भने–‘उपाय के छ त ?’*****शम्भु थापाले ०५२ देखि गाली गरेका माओवादी पूर्व लडाकुलाई प्रधानमन्त्रीले अहिले तानेको देखेर आफु छक्क परेका टिप्पणी गरेका छन् । ‘०५२ देखि लगातार पूर्वलडाकुलाई गाली गर्नुभो’ थापाले भने–‘अहिले खोजी खोजी तान्नुभएको छ।


Last Updated on: January 26th, 2021 at 10:31 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१८८ पटक हेरिएको

तपाईको प्रतिक्रिया