शुक्रबार १२ कार्तिक २०७८

कतिपयको आँखाको तल्लो भागमा कालो धब्बा र घेरा बस्छ । आँखामुनि कालो हुनुको कारण हामी निन्द्रा नपुगेको बुज्ने गर्छौ तर विभिन्न भिटामिनहरुको कमिले गर्दा त्यस्तो दाग बस्ने गर्छ ।

आँखामुनि देखिने कालो घेरा अर्थात् डार्क सर्कलका कारण केही महिला आफू नराम्री नभएको महसुस गर्छन् । विभिन्न कारण र खानेकुराको कमीले आँखामुनि कालो घेरा बस्छ ।

पर्याप्त मात्रामा निद्राको कमी, कामको चाप र अत्यधिक तनावका कारण आँखामा डार्क सर्कल (कालो घेरा) देखा पर्छ, जसले हाम्रो सौन्दर्यमै ह्रास ल्याइदिन्छ । केही खानेकुराको सेवनबाट डार्क सर्कलबाट बच्न सकिन्छ । खासगरी, भिटामिनको कारणले आँखावरिपरि डार्क सर्कल देखा पर्ने गर्छ ।

भिटामिन ए : भिटामिन एयुक्त खाना खाँदा छालाको ‘रिपेयरिङ’ र ‘टाइटनिङ’मा टेवा पुग्छ । साथै, छालामा रक्तसञ्चार पनि तीव्र हुन्छ। त्यसैले डार्क सर्कल हुनेहरूले गाजर, फर्सी, पाकेको मेवा, आँप, हरियो सागपात आदि बढी खाने गर्नुपर्छ।

भिटामिन सी : भिटामिन सीले दिमागमा सेराटोनिन नामक रसायन बढी उत्सर्जन गराउँछ, जसले गर्दा राम्रोसँग निदाउन सकिन्छ। सुन्तला, कागती, अमला, खर्बुजाजस्ता भिटामिन सीयुक्त खाना बढी खाने गर्नाले डार्क सर्कल बिस्तारै कम हुँदै जान्छ।

भिटामिन के : भिटामिन केले रगतलाई गाढा बनाउन मद्दत गर्छ र रक्तसञ्चारलाई पनि तीव्र बनाउँछ। अंगुर, ब्लुबेरी, बन्दाकोभी, ब्रोकाउली, केराउ आदिमा भिटामिन के प्रशस्त पाइने भएकाले डार्क सर्कल भएकाले यस्ता खाना बढी खाने गर्नुपर्छ।

भिटामिन ई: भिटामिन ईमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ, जसले छालामा जम्मा भएका विकारलाई शरीरबाहिर निकालेर यसलाई चम्किलो बनाउँछ । त्यही भएर डार्क सर्कलको समस्या भएकाले पालुंगो, हाडे बदाम, बदाम, किवी, ओखर, सूर्यमुखीका बिजजस्ता भिटामिन ईयुक्त खानेकुरा बढी खानुपर्छ।

आँखामा के गर्ने ? के नगर्ने

१ आँखा क्रमश कमजोर हुँदै गएको महसुस भइरहेको छ भने कपालमा रङ, हेयर डाई र रसायनयुक्त स्याम्पू प्रयोग नगर्ने ।

२ एक चम्चा त्रिफला राति माटोको भाँडोमा भिजाउने र बिहान कपडाछान गरी आँखा धुने ।

३ बिहान सूर्योदयअघि उठेर घाँसमा खाली खुट्टा १५–२० मिनेट हिँड्ने । यसो गर्दा आँखाको ज्योति क्रमश बढ्दै जान्छ ।

४ तोरीको तेलले पैतला नियमित मालिस गर्ने । नुहाउनुभन्दा १० मिनेटअघि खुट्टाका औँलामा तोरीको तेल दल्नाले पनि लाभ मिल्छ ।

५। नियमित रूपमा अंगुर खानाले राति आँखा कम देख्ने समस्या हट्दै जान्छ ।

६ १० ग्राम सुकुमेल र २० ग्राम सुपका दाना राम्रोसँग पिस्ने । यसरी पिसेको चूर्ण एक चम्चा दूधसँग नियमित खाने ।

७ सुकेको अमला राम्रोसँग पखालेर राति पानीमा भिजाउने । भोलिपल्ट दिनमा तीनपटक अमला भिजाएको पानी कपासको मद्दतले आँखामा हाल्ने । र, भिजाएको अमला खाने । नियमित यसो गर्नाले तीन महिनामै ठूलो अन्तर महसुस हुन्छ ।

८ बन्दाकोभीको पत्तामा सिधेनुन र कालो मरिच छरेर खानासँगै नियमित खाने ।

९ आँखा कमजोर छ भने सुत्नमा कञ्जुस्याइँ नगर्ने । कम सुत्नाले आँखा अझ कमजोर हुँदै जान्छ ।

१० राती ओछ्यानमा पल्टिएर नपढ्ने ।

११ आँखा कमजोर छ भने हरेक दिन भोजनमा प्याज र लसुनलाई समेट्ने गर्नुपर्छ । लसुन र प्याजमा सल्फर पाइन्छ, जुन आँखा तेजिलो बनाउन उपयोगी हुन्छ ।

१२ भटमास अथवा भटमासबाट बनेका परिकार खाने गर्ने । यसमा पाइने फ्याट, फ्याटी एसिड, भिटामिन–ईलगायत तत्व आँखाका लागि लाभदायक हुन्छन् ।

१३ पल्टिएर लामो समयसम्म लगातार टीभी नहेर्ने ।

यदि तपाईंको आँखामा डार्क सर्कल छ भने यी घरेलु उपाय अपनाउन सक्नुहुन्छ ।

– चियापत्तिलाई केहीबेर सफा पानीमा उमाल्ने । सेलाएपछि चियापत्तीको छोक्रालाई बोतलमा हालेर फ्रिजमा राख्ने । यसलाई कपासमा राखेर १५ मिनेट डार्क सर्कल भएको ठाउमा राख्ने ।

– आलुको रसलाई डार्क सर्कल भएको भागमा लगाउने । १५ मिनेट पछि मुख धुने ।

– चिसो दूध कपासमा झिजाएर आइ प्याकको रुपमा आँखामाथि राख्ने ।

– बदामको तेल र भिटामीन इ क्याप्सुल फिटेर डार्क सर्कल भएको ठाउँमा मालिस गर्ने ।

– मह र कागतीको रसको लेप लगाउने । १५ मिनेटपछि मुख धुने । यी कुनैपनि एक घरेलु विधि हरेक दिन प्रयोग गर्दा डार्क सर्कल हटाउन मद्दत मिल्नेछ ।

– हरियो काक्रो गोलोगरी काटेर आँखामाथी राख्ने ।


Last Updated on: August 28th, 2021 at 8:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया