आइतबार ०७ कार्तिक २०७८

सरकार गठन भएको ५० दिन पुगिसक्दा समेत मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेका काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता सहयात्री दलहरूसँग छलफल तीव्र बनाएका छन्। यद्यपी मन्त्रालयका विषयमा भागबण्डा नमिल्दा कहिले मन्त्रिपरिषद्ले पूर्णता पाउँछ भन्ने टुङ्गो लाग्न सकेको छैन।

मन्त्रिपरिषद् विस्तारमा सत्तारुढ पाँच दलले मंगलबारको बैठकमा पनि सहमति जुटाउन नसकेका हुन्। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बिहान ९ बजेदेखि बसेको सत्तारुढ गठबन्धनको बैठकमा मन्त्रालय बाँडफाँडको बैठक बिना निष्कर्ष टुंगिएको हो।

आजको बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुबीच छलफल भएको थियो। सहमति जुट्न नसकेपछि आज मंगलबार साँझ नै अर्को बैठक बस्नेछ।

नेताहरुका अनुसार मंगलबार साँझको बैठकमा पाँच दलका सभापति र अध्यक्षहरू मात्रै सहभागी हुनेछन्।

Last Updated on: August 31st, 2021 at 3:38 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
७५ पटक हेरिएको

तपाईको प्रतिक्रिया