आइतबार ०७ कार्तिक २०७८

काठमाडौ । नेपालकै इतिहासमा पहिलो पटक महिला मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अप्ठेरोमा परेकी छन् । उनलाई ११ जना सांसदले साथ छोडेपछि मुख्यमन्त्री पद अप्ठेरोमा परेको हो । नेकपा एमालेबाट निर्वाचित बागमती प्रदेशका १२ सांसदले एमाले त्यागेर माधव नेपालको नेतृत्वमा गठित नेकपा (एकीकृत समाजवादी) रोजेका छन् ।

जसका कारण मुख्यमन्त्री बनेको एक महिना पनि हुन नपाउँदै शाक्य अप्ठेरोमा परेकी हुन् । माधव नेपालले शाक्यले कित्ता क्लियर नगरे आफुहरुको समर्थन नरहने बताइसकेका छन् । मंगलबार वाग्मती प्रदेश निर्वाचन आयोगको कार्यालय हेटौंडामा उपस्थित भएर उनीहरुले नेकपा (एस) लाई साथ दिने भन्दै दल हस्ताक्षरमामा सनाखत गरेका हुन् ।

लसम्म राजेन्द्र पाण्डे, मुनु सिग्देल, रमा आलेमगर, लक्ष्मण लम्साल, वसुन्धरा हुमागाईं, माधव पौडेल, वसन्त मानन्धर, पार्वती सिलवाल, कुसुम कार्की, इन्द्रमाया गुरुङ र राजेन्द्रमान श्रेष्ठले एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन्।

सामाजिक विकासमन्त्रीसमेत रहेका कृष्ण खनाल उपस्थित नभए पनि उनले एकीकृत समाजवादी चयन गर्ने बताउँदै आएका छ्न्। नेकपा एसका नेता राजेन्द्र पाण्डेले खनाल आजै उपस्थित भएर सनाखत गर्ने बताए। उनले हाल १२ जनाले नेकपा एस चुनेको र यो संख्या बढ्ने दाबी गरेका छन्।

उनीहरुले अझै थप केही सांसदले एमाले छोड्ने दावी गरेका छन् । माधव नेपाल निकट मानिएकी अष्टलक्ष्मी शाक्य माधव नेपालकै सहयोगमा मुख्यमन्त्री बनेकी थिइन् । पछि नेपालले नयाँ पार्टी गठन गरेपछि उनले नेपालको साथ छोडेकी हुन् । बागमती प्रदेशमा बुहमत रहेको एमालेमध्ये नेपाल समूहका सांसदहरुले एमाले छाडेर नयाँ दलमा आएसँगै मुख्मन्त्री शाक्यको पद अल्पमतमा परेको छ ।


Last Updated on: August 31st, 2021 at 4:26 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया