बिहिबार १० आषाढ २०७८

बेइजिङ:चीनले ताइ’वानको हवाइ रक्षा पहिचान क्षेत्रमा आफ्ना यु’द्ध विमानहरु पठाएको छ । आइतबार आफ्ना १२ वटा यु’द्ध विमान त्यसतर्फ पठाएको हो । ताइवानी टापुलाई लिएर अमेरिका सँग त’नाब बढिरहँदा चीनले यस्तो गतिविधि बढाएको हो । साथै अमेरिकामा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले कार्यकाल सम्हाल्ना साथ ताइ’वानबारे चीनले विमान पठाउँदा चासोका साथ हेरिएको छ ।

ताइवानलाई चीनले आफ्नो क्षेत्रको रुपमा शासन गर्दैआएको छ। साथै पछिल्लो समय उसले टापु नजिकै सैन्य गतिविधि बढाउँदै गरेको छ। तर यस विषयलाई लिएर अमेरिकासँग पनि तनाब बढ्ने गरेको छ। ताइ’वानका अनुसार चीनले आठ वटा बम वर्षक विमान र लडा’कु विमानहरु शनिबार रक्षा क्षेत्रमा पठाएपछि फेरि यु’द्ध विमान पठाएको हो ।

ताइवानका रक्षा मन्त्रालयले बताए हनुसार चीनले ६ वटा जे १० फा’इटर प्लेन, ४ वटा जे १६, २ वटा एसयू ३०, एउटा वाई ८ र २ वटा वाई ८ पनडुब्बी पठाएको थियो । यससँगै चीनको यस्तो गति विधिले अमेरिकाको ध्यान तान्ने विश्लेषण अन्तर्राष्ट्रिय मिडियाले गरेका छन् । अमेरिकाको भने अन्य धेरै देशसँग जस्तै ताइवानसँग औपचारिक कुटनीतिक सम्बन्ध छैन ।


Last Updated on: January 26th, 2021 at 5:55 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया