शुक्रबार ०४ आषाढ २०७८

******१३ माघ, काठमाडौं । चितवनमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलका चालक सोलुखुम्बु टापटिङ-५ बस्ने २४ वर्षीय अनिल मगर र मोटरसाइकल पछाडि बसेका सुनसरीको धरान-९ का २० वर्षीय गौरव राई रहेका छन् ।*****रत्ननगर नगरपालिका-१० हरिहर मन्दिर अगाडि सडकमा बा.२ ख ५६७४ नम्बरको सनराइज बोर्डिङ स्कुलको बसले बा.९२ प ५२०४ नम्बरको मोटरसाइकललाई मंगलबार बिहान ठक्कर दिँदा दुवैजना गम्भीर घाइते भएका थिए ।घाइते दुवैजनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


Last Updated on: January 26th, 2021 at 5:57 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया