आइतबार ३० जेठ २०७८

एजेन्सी : भारतले टिकटक सहित ५९ वटा चिनियाँ एपलाई सधैँका लागि बन्द गरिदिएको छ। यसअघि अस्थायी रूपमा प्रतिबन्ध लगाइएका टिकटक, वायडु, वी च्याटलगायत एप चलाउने कम्पनीहरूले चित्त बुझ्दो जवाफ नदिएकाले यी एप सधैँका लागि बन्द गर्ने निर्णय भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

गत जुनमा भारतले राष्ट्रिय सार्वभौमिकता र अखण्डतामा ख’तरा रहेको भन्दै चिनियाँ एपलाई प्रतिबन्ध लगाउने घोषणा गरेको थियो। ल’द्दाखको गल्वानमा चिनियाँ सैनिकसँगको झडपमा परी २० भारतीय सैनिकको मृ,त्यु भएपछि भारतले यस्तो कदम चालेको थियो ।भारत र चीनबीच अहिले पनि सीमामा त’नाव जारी छ।

अघिल्लो साता मात्रै उत्तरी सि’क्किमको नाकु लामा दुई देशका सैनिकबीच झ’ड प भएको र दुबै पक्षका २४ जना घा’इते भएका छन। भारतमा टिकटकका १२ करोड प्रयोगकर्ता छन् । जहाँ टिकटक बन्द गरिदिए पछि टिकटकको व्यवसायमा असर पर्ने टिप्पणी हुन थालेको छ ।


Last Updated on: January 26th, 2021 at 6:01 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया