बुधबार ०३ कार्तिक २०७८

***प्रेम सबैका लागि एकै किसिमको हुन्न । त्यसमा पनि प्रेम भाव कसरी, कहाँ, कुन अवस्थामा जाग्छ, त्यसको पनि पत्तो हुन्न ।

प्रेम प्रसंगको कुरा गर्ने हो भने केही युवतीहरु युवकको रुप देखेर नै प्रेम गर्न थाल्छन् । यो सबैमा लागू हुँदैमा किन भने कोही युवतीहरु भने सोच विचार गरेर मात्रै प्रेम सम्बन्धका लागि हात बढाउँछन् ।

प्रेमदेखि विवाहसम्म र भविष्य पनि सोचेर प्रेम गर्ने युवतीहरु आफैमा बौद्धिक हुन्छन् । यसमा पनि युवतीको नामको पहिलो अक्षरका आधारमा युवतीको स्वभाव कस्तो होला ? उनीहरुको प्रेम कति समयसम्म टिक्छ त ? नामको पहिलो अक्षरका आधारमा युवतीहरुको स्वभाव कस्तो होला ? जानी राखौँ ।

(‘ए’ नामका युवती)

पहिलो अक्षर ‘ए’ हुने युवतीहरुको स्वाभाव इमोशनल हुन्छ । यिनीहरु कुनै युवकको अनुहार हेरेर नै प्रेममा पर्छन् । यस्ता युवतीहरु छिट्टै पार्टनरलाई विश्वास गर्छन् । ‘एक्स्ट्रा केयरिङ’ प्रकृतिका यस अक्षरवाली युवती जीवनभरी पार्टनरको साथ छोड्दैनन् ।

(‘बी’ नामका युवती)

यस अक्षरबाट नाम सुरु भएका युवती संवेदनशील हुन्छन् । र, छिट्टै प्रेममा पर्छन् । उनीहरु आफ्नो साथीको बानीको बारेमा सचेत हुन्छन् । आफूले आशा गरेजस्तो नभएमा साथी बिना रहन पनि स्वीकार गर्छन् ।


Last Updated on: January 26th, 2021 at 7:23 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३१३१ पटक हेरिएको

तपाईको प्रतिक्रिया