शुक्रबार ०४ आषाढ २०७८

***१३ माघ । प्रमुख प्रतिपक्षी नेपाली काँंग्रेसले प्रतिनिधिसभा विघटन वि’रुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गरेको छ। मंगलबार केन्द्रीय कार्यालय सानेपामा बनेको काँंग्रेस केन्द्रीय समितिको बैठकले आन्दोलनका कार्यक्रम घोषणा गरेको हो । माघको १७ गते शनिबार पार्टी निकट भातृ संस्थाहरुले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने, माघ २४ गते शुभेच्छुक संस्थाले ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्ने तय भएको प्रवक्ता विश्व प्रकाश शर्माले जानकारी दिनुभयो ।

*#*#त्यस्तै माघ ३० गते जिल्ला कार्यसमितिले जिल्लामा प्रदर्शन गर्ने तय भएको उहाँले बताउनुभयो। उहाले केन्द्रबाट तय गरिएको आन्दोलनको कार्यक्रमबाहेक अन्य कार्यक्रमहरु पनि पार्टीका जिल्ला तथा भातृ संगठनले गर्न सक्ने उहाले बताउनुभयो । प्रतिनिधिसभा बिघ टनको विरुद्ध गरिने आन्दोलनका बिषयमा पार्टी भित्र कुनै विवाद नभएको उहाको भनाई छ । त्यस्तै बैठकले संसद बिघटनको असंवैधानिक निर्णयको विरुद्धमा नागरिकले गरेको शान्तिपूर्ण आ’न्दोलनमा भएको दमन र हस्तक्षेपको निन्दा र भत्र्सना गर्दै घा’इतेहरुको शीघ्र स्वाथ्यलाभको कामना पनि गरेको छ ।

*#*#त्यस्तै प्रधानमन्त्रीले पछिल्लो समय आफ्नो मर्यादासंग नसुहाँउदो गरि अभिव्यक्ति दिएको भन्दै यसलाई गम्भीरतापूर्वक दिदै अलोकतान्त्रीक अभिब्यक्ति नदिन पनि ध्यानाकर्षण गराएको छ भने बैठकले महिला संघ, तरुणदल, नेविसंघ लगाएतका भातृसंस्थाहरुको म्याद थप ६ महिना थप गर्ने निर्णय बैठकले गरेको प्रवक्ता शर्माले जानकारी दिनुभयो । बैठकमा प्रतिनिधिसभा बिघटन बिरुद्धको आन्दोलनलाई एकजुट भएर अघि बढाउने बिषयमा पनि छलफल भएको थियो । आन्तरिक बिषय, आन्दोलनको बिषय र राष्ट्रिय राजनीतिका बिषयमा पनि सर्वस्म्मतिले निर्णय गरेको प्रवक्ता शर्माले दावी गर्नुभयो ।


Last Updated on: January 26th, 2021 at 8:58 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१६७ पटक हेरिएको

तपाईको प्रतिक्रिया