शनिबार ३० आश्विन २०७८

आमा लाई आफ्नो बच्चाको एकदमै नजिक मानिन्छ । किनकी आमा जन्मदाता हुन् । तर बेलायतमा एक महिलाले यस्तो हर्कत गरेकी छिन् जसले सबैको होस नै उडाई दिएको छ । उनले आफ्नो प्रेमी संग सम्बन्ध बनाउन आफैले जन्माएकी ३ बर्षकी छोरीको ह त्या गरेकी छिन् ।

छोरीको ह त्याको आरोपमा आमालाई १५ बर्ष र उनको प्रेमीलाई १४ बर्षको सजाय तोकिएको छ । बेलायतमा गत बर्ष ९ अगष्टमा कायली जायदे प्रीस्ट नाम गरेकी ३ बर्षकी बालिका फ्ल्याटमा मृ त अवस्थामा फेला परेकी थिईन् । उनको छातीमो तथा पेटमा चोटको निशान रहेको थियो । बालिकाको आमाले ९९९ मा फोन गरेर यस घटना बारे जानकारी दिएकी थिईन् ।

जब प्रहरी अधिकारीहरुले यस घटनाको जाँच गर्दा उनको आमा शंकाको घेरामा परिन् । अदालतले यस मामलामा बच्चाकी आमा तथा २२ बर्षिय उनका प्रेमी कैलम रेडफर्नलाई दोषी ठ¥याइएको छ ।

डेली मेलको रिर्पाेट अनुसार महिलाले आफ्नो छोरीको ह त्या यसका कारण गरेकी थिईन् कि उनले आफ्नो प्रेमी संग सम्बन्ध बढाउन छोरी बाधक बनेकी थिईन् । उनीहरु दुबै जनाले मिलेर सानी छोरी माथि कुटपिट गरेर ह त्या गरेका थिए ।


Last Updated on: October 11th, 2021 at 4:52 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३४ पटक हेरिएको

तपाईको प्रतिक्रिया