आइतबार १२ मंसिर २०७८

मुगुमा आज भएको बस दु’र्घटनामा परी मृ’त्यु हुनेको सङ्ख्या ३२ पुगेको छ ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जनाको घ’टनास्थलमा, चार जनाको उद्धारका क्रममा ताल्चा विमानस्थल र बाँकी चार जनाको नेपालगञ्जमा उपचारको क्रममा मृ’त्यु भएको हो ।

मृ’त्यु हुनेमा २२ पुरुष र १० महिला छन् ।नेपालगञ्जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे१ख ३१६७ नम्बरको उक्त बस मध्याह्न १२ बजेतिर छायाँनाथ रारा नगरपालिका–७ स्थित पिनाटपने खोलामा दु’र्घटनामा परेको थियो ।

प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक जीवन लामिछानेले चालक दलबहादुर रावलको मात्र स’नाखत भएको र बाँकी मृ’तक’को स’नाखत हुन समय लाग्ने जानकारी दिनुभयो ।

प्रहरीले चालकतर्फको टायर प’ञ्चर भई दु’र्घटना भएको हुनसक्ने अनुमान गरेको छ । यद्यपि दु’र्घटनाको कारण थप अनुसन्धानबाट मात्र यकिन हुने प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

बस सडकबाट अन्दाजी ३०० मिटर तल ख’सेको थियो । नेपालगञ्जबाट सोमबार छु’टेको उक्त बसमा ४५ यात्रु सवार थिए ।घा’इतेलाई सुर्खेत बेस क्याम्पमा रहेको नेपालीको सेनाको हेलिकप्टर र समिट एअर विमानमार्फत नेपालगञ्ज पु¥याइएको थियो ।घा’इतेको बाँकेको कोहलपुर र नेपालगञ्ज मेडिकल कलेज उपचार भइरहेको छ ।

सामान्य घा’इते छ वर्षीया एक बालिकाको मुुगु जिल्ला अस्पतालमा उपचार भइरहेको छ । मृ’तक मुगुको गमगढी, छायाँनाथ रारा नगरपालिका क्षेत्रकै बढी रहेको बताइएको छ । दु’र्घटनालगत्तै मुगुबाट प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतसहित सुरक्षा निकायका प्रमुख उद्धारका लागि खटिएका थिए ।

प्रदेश प्रहरी प्रमुख एवं प्रहरी नायब महानिरीक्षक गणेशबहादुर ऐरले जिल्ला प्रहरीलाई दु’र्घटनाको खबर आउने बित्तिकै उद्धार गरेर उपचारका लागि पठाइएको बताउनुभयो । उहाँका अनुसार हाल १३ जना उपचाररत छन् ।


Last Updated on: October 15th, 2021 at 12:03 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया