मंगलबार १९ साउन २०७८

***कञ्चनपुरमा आफ्नै घरमा डेरा गरि बस्दै आएकी किशोरीमाथि क’रणी प्र’यास गर्ने एकजना पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ भाँसीस्थित आफ्नो घरमा डेरा गरि बस्दै आएकी बाजुराकी १७ वर्षीय किशोरीमाथि क’रणी प्र’यास गरेको आ’रोपमा ४८ वर्षीय घरबेटी पुष्पराज जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

किशोरीले दिएको कि’टानी जाहेरीका आधारमा मंगलबार जोशीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए।

किशोरीको भाइ कोठामा नभएको बेला माघ १२ गते राती जोशीले किशोरीमाथि क’रणीको प्र’यास गरेको कि’टानी जाहेरीमा उल्लेख रहेको प्रहरीले जनाएको छ। जोशीविरूद्ध अदालतबाट म्याद थप गरेर घटनाबारे अनुसन्धान गरिएको प्रहरीले जानकारी दिएको छ।

यो पनि 🙁 कोरोना सङ्क्रमणका कारण माने पर्व प्रभावित)

***हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाले मनाइने माने पर्वको रौनक यस पटक भने कोरोना भाइरस सङ्क्रमणका कारण साँघुरिएको छ ।

***हुम्लाको माथिल्लो क्षेत्रमा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाको एक प्रमुख हिँउदे पर्व माने हो । यो पौराणिक तथा ऐतिहासिक उत्पत्तिकाल र सन्र्दभलाई विभिन्न प्रकारका नाचहरुको माध्यमबाट प्रस्तुत गर्ने एक सशक्त दृष्य माध्यम पनि हो ।

**हुम्ला जिल्लामा बसोबास गर्ने मङ्गोलियन मूलका बासिन्दाको आ–आफ्नै जातियभित्रको उपजाति रहेको छ । तीमध्ये लिम्या, हिल्जोदुन, टुक्टुलुङ न्हिवा र चाँवा प्रमुख छन् । यी समूहभित्र पनि आफू आफू माथिल्लो तह र रैथाने भन्ने मतमतान्तर रहेको जानकारी हुम्ली तिब्बतीयन अध्येयता छेवाङ लामाले दिनुभयो ।

प्राकृतिक, सामाजिक, सांस्कृतिक, ऐतिहासिक तथा पौराणिक कुराको समयोजन गर्ने गराउने यो एक अति महत्वपूर्ण हिउँदे पर्व हो । यसले युद्धको विभिषिकादेखि सामाजिक आचारविचार र मौसमी पात्राको रुपमा व्याख्या र विश्लेषण गर्ने गरेको छ । यस पर्वमा भोट साम्राज्यका पौराणिक तथा ऐतिहासिक ग्याल्बु नोर्जांङ र गेशरको महिमा गाइने गरिन्छ । विभिन्न पक्ष र नक्षेत्र मिलाएर विभिन्न समयमा मनाइने यो पर्व यही माघ शुक्ल पक्षका दिनमा हेप्का, गाडपारी, बुराउँसे र दोजाममा खेलिन्छ ।

**यो पर्वमा विभिन्न प्रकारका खराब आत्मलाई टाढाटाढा भगाउनेदेखि गाउँको सुरक्षा कवचको रुपमा मानिने काङ्नी गुम्बाबाट शुरु गरेर गाउँको सामूहिक तथा सामुदायिकस्थलमा खेल्ने, गीत गाउने तथा नाच प्रदर्शन गर्ने गरिन्छ । यसमा टाढाटाढा तथा छिमेकी गाउँबाट आएका मितमितेरी तथा इष्टकटुम्बलाई सम्मान र सौगातका साथ खुवाउनेपियाउने गरिने हेक्पा गाउँका युवा रामसिंह लामाले बताउनुभयो ।

***विभिन्न गाउँमा विभिन्न जातीय महत्व बोकेको माने नाच ऐतिहासिक आभूषण तथा बस्त्र प्रदर्शन गर्ने गराउने एक उपयुक्त दिन पनि हो । हुम्लाका यस्ता जातीय तथा समाजशास्त्रीय महत्व बोकेका सम्पदा र निधिले हुम्ला सम्पन्न भए पनि खोजी हुन नसक्नुलाई यहाँको चुनौती र समस्या पनि मानिएको छ


Last Updated on: January 27th, 2021 at 8:44 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया