बिहिबार २१ साउन २०७८

****१४ माघ । पूर्वराष्ट्रपति डा.रामवरण यादवले वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीबाट गरिएको प्रतिनिधि सभा विघटनको सिफारिसलाई कानुनविद् र राजनीीतकशास्त्रीसँग छलफल नगरी सदर गर्नु भूल भएको बताएका छन् । ‘राष्ट्रपतिले भूल गर्नुभयो,’ उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले गर्न नहुने काम गरेपछि त्यसलाई राष्ट्रपतिले हेर्नुपर्थ्यो ।’
***गणतन्त्र नेपालका प्रथम राष्ट्रपति यादवले राष्ट्रपति भण्डारीले कुनै पनि प्रकारको छलफल नगरीकन प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति प्रकट गरे । उनका अनुसार प्रतिनिधिसभा विघटन सिफारिस संविधानसम्मत छकि छैन भन्ने विषयमा राष्ट्रपति भण्डारीले कानुन विद् वा राजनीतिशास्त्रीसँग परामर्श गरेको भए उपयुक्त हुन्थ्यो । उनले भने, ‘अहिले कानुनविद्, पूर्वन्यायाधीश, राजनीतिशास्त्री, नागरिक समाज र मिडिया तहबाट पनि प्रधानमन्त्रीले चालेको कदम संविधानसम्मत छैन भन्ने आइरहेको छ ।’
संविधानमा राष्ट्रपतिको भूमिका बारे प्रष्ट उल्लेख भएको चचा गर्दै पूर्व राष्ट्रपति यादवले भने ‘त्यो संस्थाले संविधानको पालना गराउने, रक्षा गर्ने हो, राष्ट्रपति आफैँमा संविधानको रक्षक हो । राष्ट्रपतिले नै संविधानको संरक्षण गर्नु पर्छ । संविधानमा भएको व्यवस्थालाई कार्यान्वयन गराउनुपर्छ ।’ आजको नागरिक दैनिकमा समाचार छ ।


Last Updated on: January 27th, 2021 at 9:07 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७९ पटक हेरिएको

तपाईको प्रतिक्रिया