आइतबार १२ मंसिर २०७८

गुजरात : भारतको गुजरात राज्यमा ७० वर्षीया महिलाले पहिलो सन्तान जन्माएकी छन् । पश्चिम गुजरातको कुचकी वाल्जीभाइ रबारीले ७० वर्षको उमेरमा पहिलो सन्तानलाई जन्म दिएकी हुन् । वाल्जीभाइ र उनका श्रीमान् ७५ वर्षीय जिभुनबेन रबारीले पहिलो सन्तान स्वरुप गत महिना छोरालाई जन्म दिएका हुन् ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

इन विट्रो फर्टिलाइजेसन प्रक्रियामार्फत गर्भ बसालेको र सी सेक्सनमार्फत ८ महिनामा उनको सुत्केरी गराइएको हर्ष आइभीएफ सेन्टरका डा. नरेश भानुशालीले बताएका छन् । शिशु र आमा दुवैको स्वास्थ्य स्वस्थ रहेको बताइएको छ ।** भिडियो हेर्न तल क्लिक गर्नुहोला **

करिब ४५ वर्षअघि बिहे गरेको सो दम्पतीले सन्तान सुख पाउन सकेका थिएनन् । सन्तानको रहर पूरा गर्न सो दम्पतीले करिब दुई दशकसम्म विभिन्न कोसिस गरेको उपचारमा संलग्न डाक्टरले जानकारी दिएका छन् । बुढो उमेरमा पहिलो बच्चा जन्माउने वाल्जीभाइ संसारको पहिलो महिला हुनसक्ने भारतीय सञ्चारमाध्यमले बताएका छन् । ** भिडियो हेर्न तल क्लिक गर्नुहोला **


Last Updated on: October 20th, 2021 at 7:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४२ पटक हेरिएको

तपाईको प्रतिक्रिया