आइतबार १२ मंसिर २०७८

उत्तराखण्ड – भारतको उत्तराखण्डमा अबिरल वर्षापछिको बाढी र पहिरोमा कम्तिमा ४६ जनाको मृत्यु भएको छ । बाढी पहिरोमा अझै केही हराइरहेका छन् । बाढी पहिरोका कारण दर्जनौ घर डुबानमा पर्नुका साथै सडक जलमग्न भएका छन भने पुल तथा संरचना भत्किएका छन् ।

पर्यटकहरुको महत्वपूर्ण गन्तव्य मानिने उत्तराखन्डमा आएको पछिल्लो बाढीलाई विज्ञहरुले जलवायु परिवर्तन र जथाभावी निर्माण भएका संरचनासँग जोडेका छन् ।

बाढीले भारतको दक्षिणी राज्य केरलासमेत प्रभावित छ । केरलामा बाढीबाट २६ जनाको मृत्यु भइसकेको छ । दुबै राज्यमा यो वर्ष अत्यधिक वर्षा भएको त्यहाँको मौसम विभागले जनाएको छ ।

केरलामा यो वर्ष ४५३ दशमलब ५ मिलिमिटर वर्षा भएको छ । गत वर्ष १९२ दशमलब ७ मिलिमिटर वर्षा भएको थियो । सामान्यतया अक्टोबरमा ३० मिलिमिटर पानी पर्ने उत्तराखण्डमा पछिल्लो २४ घन्टामा मात्र १२२ दशमलब ४ मिलिमिटर वर्षा भएको छ । एजेन्सी


Last Updated on: October 20th, 2021 at 7:35 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४० पटक हेरिएको

तपाईको प्रतिक्रिया