आइतबार १२ मंसिर २०७८

दाङ । दाङमा यात्रु बाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २१ जना घा इते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घटनामा परी बसका सहचालक प्रेम परियारको मृत्यु भएको हो ।

दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार बेलुकी दुर्घटना परेको थियो । दुर्घटनामा परेर २८ वर्षका घोराही-१० घर भएका सहचालक परियारको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।

गाडीमा सवार अन्य २१ जना जना घा इते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका-६ मोतीपुरमा दु’र्घटना भएको प्रहरीले जनाएको छ ।

मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बसले च्यापेका सहचालक परियारलाई जेसिबीको साहयताले उद्धार गरिएको थियो । उद्धार गरेर अस्पताल पुर्‍याइएका उनको उपचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।


Last Updated on: October 25th, 2021 at 11:06 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४७ पटक हेरिएको

तपाईको प्रतिक्रिया