आइतबार १२ मंसिर २०७८

चितवन, गड्यौलीका २० वर्षीय मानबहादुर तामाङले मोबाइलको सेल्फी भिडिओमा स्वतःस्फूर्त बोलेका कुरा अहिले टिकटकमा भाइरल भएको छ।

उनले बनाएको भिडिओको सानो अंश ‘के हो, कहाँ हो? म यहाँ चोकतिर यार, चोकतिर, चोकतिर केटा हो, चोकतिर म…’ लाई मान्छेले यति धेरै मन पराए, त्यसमा आफ्नो भिडिओ बनाएर टिकटकमा पोस्ट गर्नेहरूको क्रम बढेको छ।

टिकटक हुँदै फेसबुक र ट्वीटर प्रयोगकर्ताले पनि उनको बोलीको त्यो अंशलाई रमाइलो ढंगले प्रस्तुत गरिरहेका छन्। त्यसमा प्रशस्त मिम बनिरहेका छन्। केही सेकेन्डको त्यो भिडिओ टिकटकमा मात्रै २७ लाख भन्दा बढीले हेरेका छन्।

मानबहादुर पूर्व-पश्चिम राजमार्गसँग जोडिएको गड्यौली क्षेत्रमा ज्यालादारी काम गर्छन्। भर्चुअल संसारबाट परै रहेका मानबहादुर स्थानीय शिक्षक गणेश लामासँग नजिकिन्थे। गणेशले नै उनको भिडिओ हालेका थिए।

हामीले भाइरल भएको ‘चोकतिर केटा हो… चोकतिर’ संवाद राखेर बनाइएका केही टिकटक संकलन गरी यहाँ भिडिओ बनाएका छौं।


Last Updated on: October 25th, 2021 at 7:40 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया