बिहिबार १० आषाढ २०७८

****स्वस्थ शरीरका लागि स्वस्थ भोजन आवश्यक छ। स्वस्थ भोजन त्यो हो जुन जुन पोषण तत्वले भरिपूर्ण हुन्छ। शरीरका लागि आवश्यक पोषण तत्वहरूमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि पर्छन्।
****शरीरमा प्रोटिनको कमी भएमा कपाल फुल्ने, कपाल झर्ने, टुक्रिने तथा नङ्ग पातलो हुने गर्दछ। प्रोटिनको कमीकै कैयौंलाई पटक पटक भोक लाग्ने गर्दछ । यसको कमी भएमा व्यक्ति बारम्बार विरामी समेत पर्ने गर्छ।****कैयौंको मानसिक स्थितिमा समेत नकारात्मक असर पर्छ। तनाव, डिप्रेसन, चिडचिडापन लगायतको लक्षण देखा पर्ने गर्छ।****प्रोटिनको कमी भएमा शरीरको रोग प्रतिरोधात्मक क्षमतामा कमी आउँछ । शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्छ भने घाउ पुरिन तथा रोग निको हुन समेत समय लाग्ने गर्छ।****यसको कमीकै कारण शरीरमा पर्याप्त मात्रामा एन्जाइमको निर्माण हुँदैन, जसका कारण पाचन प्रणाली समेत प्रभावित हुने गर्छ।


Last Updated on: January 27th, 2021 at 1:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
४५१ पटक हेरिएको

तपाईको प्रतिक्रिया