सोमबार ०७ आषाढ २०७८

*#*#*जुम्लाको तिला गाउँपालिका गोठी गाउँमा आगलागी हुँदा ३२ वटा घर पूर्ण रूपमा जलेर ध्वस्त भएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताएका छन्। उनका अनुसार ६४ पशु गोठभित्र जलेर मरेका छन्। मानिसहरू आफैँलाई बाँच्न मुस्किल भएपछि पशुचौपायाको उद्धार गर्न नसकेको स्थानीय बासिन्दाले बताएका छन्।
****जिल्ला प्रशासन कार्यालय जुम्लाले पाँच जनासम्म सदस्य भएको पीडित परिवारलाई १५,००० रुपैयाँ र त्योभन्दा बढी परिवार भएकालाई २५,००० रुपैयाँ राहत दिएको छ। प्रदेश सरकारमार्फत् प्राप्त पाँच लाख रुपैयाँ बराबरको राहत सामाग्री वितरण गर्न थालिएको योगीले जानकारी दिए।
***सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईँका जानकारी दिए । उनका अनुसार कर्णाली प्रदेश सरकारको सहयोगमा राहत वितरणको लागि हेलिकप्टर आउने तयारी भइरहेको छ । पानी अभाव भएका कारण आगोलाई पूर्ण रूपमा नियन्त्रणमा ल्याउन नसकिएको चौलागाईँले बताए।
नेपाल प्रहरी र नेपाली सेनाको टोली आगलागी नियन्त्रण र उद्धार कार्यलाई लागि परिचालित भएको र मानवीय क्षति नभएको चौलागाईँले बताए। बीबीसी

jumla.PNG


Last Updated on: January 27th, 2021 at 4:33 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया