मंगलबार १९ साउन २०७८

****प्रायः महिलाहरुमा चालिस वर्षपछि महिनावारीको क्रममा रक्तस्राव बढ्ने, कम्मर, पेट तथा हात-खुट्टा बढी दुख्ने जस्ता विभिन्न समस्याहरु उत्पन्न हुन्छन्। कहिलेकाहीँ महिनावारी पनि अनियमित हुन्छ। महिनावारी हुँदा पेट असह्य दुख्छ।
महिनावारीमा रक्तस्राव पाँच दिनसम्म हुन पर्नेमा आठदेखि दश दिनसम्म हुन्छ। शरीरमा रगतको कमी हुन्छ। कमजोरी र ज्वरो आउने जस्ता समस्याहरु देखिन्छन्। यी सबै लक्षण फाइब्राएड अर्थात गभाशयमा गाँठो परेपछि देखिन्छन् ।
****४५ तथा ५० वर्ष उमेरका महिलाहरु महिनावारी अनियमित हुनु अथवा अत्यधिक रक्तस्राव हुनुलाई मेनापोजसंग सम्बन्धित समस्या हो भन्ने सोच्छन् र यो समस्या मेनापोजपछि समाप्त हुन्छ भन्ने उनीहरुको धारणा हुन्छ ।
*#*#*तर यी सबै संकेतहरु यूटरसमा फाइब्राएडको समस्याको संकेत हो । हिजोआज फाइब्राएडको समस्या ४० वर्ष पार गरेका महिलाहरुमा सामान्य बन्दै गएको छ ।
*#*#*यो समस्यामा गर्भाशयको मांसपेशीहरुमा स-साना गोलाकार गाँठो बन्छ, जुन कसैकोमा धेरै हुन्छ भने कसैकोमा थोरै । यो गाँठो अंगूरको दानको आकार जस्तो पनि हुन सक्छ र बढ्दै गएर फुटबल जत्रो आकारको पनि हुन सक्छ । यसको संख्या भिन्दा–भिन्दै मानिसमा भिन्दा-भिन्दै हुन्छ।
****फाइब्राएड प्रायः अत्याधिक रक्स्रावका कारण हुन्छ। गाँठो सानो अथवा यूटरसको बाहिर भएमा महिलामा कुनै पनि किसिमको लक्षण थाहा हुँदैन, तर जुन फाइब्राएड यूटरसको भित्र क्याविटीमा भएको हुन्छ, जसका कारण अत्यधिक रक्तस्राव हुने भएकाले यस बारेमा थाहा हुन्छ । यूटरस भित्र पाइने फाइब्राएडलाई सबम्यूकस फाइब्राएड भनिन्छ।
*#,#,त्यस्तो ठुलो फाइब्राएड, जसले यूटरसको साइज र त्यसको क्याविटीलाई ठुलो बनाइदिन्छ। त्यो नै अत्याधिक ब्लिडिङ (उच्च रक्तस्राव) को कारण हुन्छ।
***अत्याधि रक्तस्राव हुनाले महिलाहरुमा रगतको कमी हुन्छ र उनीहरु एनोमियाको शिकार हुन्छन् । एनोमिया हुनाले महिलामा कमजोरी, शरीर दुख्ने, ज्वरो र अन्य गम्भिर रोगहरु पनि लाग्न सक्छ।
*#*#*फाइब्राएड एक प्रकारको गर्भाशयको ट्यूमर हो, जसका कारण क्यान्सर पनि हुन सक्छ। शून्य दशमलव दुई प्रतिशत यसको कारण पनि क्यान्सर हुने सम्भावना पनि हुन्छ । त्यसैले यसलाई वेवास्ता गर्नु खतरनाक हुन्छ।

(फाइब्राएड हुने कारण)

मीनपोज (महिनावारी सुक्ने समय) हुने क्रममा कहिलेकाहिं महिनावारी अनियमित हुन्छ, तर यस प्रकारको लक्षण फाइब्राएड उत्पन्न हुने समयमा पनि दखिन्छ ।

त्यसैले यस्ता लक्षणहरु देखिएमा डाक्टरलाई देखाउनु उपयुक्त हुन्छ। डाक्टरहरुका अनुसार हिजोआज महिलाहरुमा फाइब्राएडकोे समस्या धेरै देखिन थालेको छ। त्यस्ता महिलाहरुमा फाइब्राएड हुने सम्भावना धेरै हुन्छ, जुन महिलाले लामो समयदेखि शारीरिक सम्बन्ध राखेका हुँदैनन्।

अविवाहितहरुमा यो समस्या सामान्य हुन्छ, जसले तीस बर्षको उमेरदेखि नै दुःख दिन थाल्छ। डाक्टरहरुका अनुसार एउटा विशेष उमेरपछि शरीरको भित्रि अंगहरुमा शारीरिक सम्बन्ध आवश्यकता उत्पन्न हुन्छ र त्यो पूरा भएन फाइब्राएडकोे समस्या उत्पन्न हुन्छ।

यही कुरासंग सम्बन्धित तथ्य अनुसार महिलाको शरीर जब बच्चालाई जन्म दिन तयार हुन्छ, तब विभिन्न किसिमको हार्मोनल परिवर्तन हुन्छ । ती परिर्वतन अनुसार जब शरीरले बच्चालाई जन्म दिँदैन तब त्यस्ता समस्या उत्पन्न हुन्छन्।

जुन महिलाहरु लामो समयसम्म गर्भवती हुँदैनन्, उनीहरुको पेटमा यस प्रकारको गाँठो बन्छ । यस बाहेक जुन महिलालाई आफ्नो श्रीमान्बाट यौन सन्तुष्टि प्राप्त हुँदैन, उनीहरुमा पनि यो समस्या देखिन्छ । हाम्रो परिवर्तित तथा अनियमित जीवनशैली र तनाव नै फाइब्राएड सबैभन्दा ठुलो कारण बन्न पुग्छ ।

करीव ५० प्रतिशत महिलाहरुमा जीवनको कुनै न कुनै समयमा यूटराइन फाइब्राएड हुन्छ, तर धेरैजसो महिलाहरुलाई यसको बारेमा थाहा हुँदैन । किनभने शुरुवाती समयमा यसको कुनै लक्षण देखिँदैन । प्रायः धेरै केशहरुमा यसको लक्षण देखिन्छ ।

डेलिभरीभन्दा पहिला गरिने अल्ट्रासाउण्ड अथवा विभिन्न जाँच गर्दा यसको बारेमा थाहा हुन्छ । केही महिलाहरुमा गर्भाशयको गाँठो छोपिएको हुन्छ र अल्ट्रासाउण्ड गरेपछि मात्र थाहा हुन्छ।

स-साना गाँठाहरु गर्भाशयमा धेरै हुन्छन। यदि त्यो आकारमा धेरै ठुलो भयो भने महिलाहरुलाई गर्भ धारण गर्न समस्या हुन्छ भने बारम्बार मिसक्यारेज हुन थाल्छ।

केही महिलाहरुमा फाइब्राएड हुँदा धेरै समस्या हुँदैन । यदि यसका कारण क्यान्सर हुँदैन भने डाक्टरहरुले पनि यसलाई सामान्य सोच्छन् र त्यसै छाडिदिन्छन् । मेनापोजपछि यस्ता गाँठाहरु आफैं सुकेर झर्छन् । तर जब फाइब्राएडको लक्षण देखिन थाल्छ र महिनावारीमा समस्या उत्पन्न हुन थाल्छ, यस्तो स्थितिमा यसलाई निकाल्नु नै उपयुक्त हुन्छ ।

यस्ता गाँठाहरु जुन तिव्र गतिमा बढि रहेको छ भने डाक्टरले यसलाई ध्यान पूर्वक नियाल्ने गर्छन् र त्यहि हिसाबले यसको उपचार गर्छन् ।


Last Updated on: January 27th, 2021 at 4:39 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया