आइतबार ३० जेठ २०७८

*##*#*आजभोलिको यो ब्यस्त, भागडौड र आधुनिक जीनवशैलीका कारण धेरै मानिसहरु दिनानुदिन बिभिन्न प्रकारका रोगहरुको शिकार भइरहेका छन्।
*#*#यस्तै अस्वस्थकर जीवनशैलीका कारण लाग्ने रोगहरु मध्येको एक हो डाइबिटिज अर्थात सुगर रोग । यो रोग कुनै वंशाणुगत गुण वा कसैबाट सर्ने होइन यो आफ्नै जीवनशैलीका कारण लाग्ने रोग हो । यहाँ हामीले बिभिन्न एजेन्सीहरुको सहयोगमा सुगर रोग लाग्न सक्ने केही प्रमूख कारणहरुका बारेमा चर्चा गरेका छौँ ।
१. गुलियो पेय पदार्थ
गुलियो पेय पदार्थमा क्यालोरी र सुगरको मात्रा बढी हुन्छ । त्यसैले सोडा अथवा बोतल बन्द पेय पदार्थहरुको सेवन कम गर्नु नै स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । यसो गर्दा डाइबिटिज र मोटोपनबाट बच्न सकिन्छ ।
२. अबेर खाना खाने बानी
के तपाईँ अबेला खाना खाने गर्नुभएको छ । ब्यस्तता वा अन्य कुनै कारण देखाएर समयमा खाना खाने गर्नुभएको छैन भने पनि यो तपाईँको स्वास्थ्यको लागि खतरा हुन्छ । तपाईँले बुझ्नुपर्छ की समयमा खाना नखानु भनेको रोग निम्त्याउनु हो । खाना खाने समय नमिल्दा रगतमा सुगरको मात्रा प्रभाबित हुन्छ । जसले गर्दा डाइबिटिजको खतरा बढ्दछ ।


Last Updated on: January 27th, 2021 at 6:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया