सोमबार १३ मंसिर २०७८

हरियाणवी डान्सर सपना चौधरीलाई पक्राउ गर्नको लागि लखनउ अदालतले पक्राउ पुर्जी जारी गरेको छ । सपनामाथि डान्स कार्यक्रम रद्द गरेको र टिकटको पैसा फिर्ता नगरेको आरोप छ । यो मुद्दामा अदालतमा अर्को सुनुवाइ २२ नोभेम्बरमा हुनेछ ।

एसीजेएम अतिरिक्त न्यायाधीश मजिस्ट्रेट लखनउले सपना चौधरीलाई पक्राउ गर्न आदेश दिएका हुन् । यो मुद्दाको एफआइआर १४ अक्टोबर २०१८ मा सब इन्सपेक्टर फिरोज खानले थाना आशियानामा दर्ता गरेका थिए । एफआइआरमा सपना चौधरीको साथमा आयोजकहरु जुनैद अहमद, नवीन शर्मा, पहल संस्थान किवद अली, अमित पाण्डे र रत्नाकर उपाध्यायलाई पनि विपक्षी बनाइएको थियो ।

यो विवाद ३ वर्ष पहिलेको हो । समाचार एजेन्सीका अनुसार १३ अक्टोबर २०१८ मा दिउँसो ३ बजेदेखि राती १० बजेसम्म स्मृति उपवनमा सपना तथा अन्यको कार्यक्रम थियो । यसको लागि अनलाइन र अफलाइनबाट ३ सय रुपैयाँ प्रति व्यक्तिको दरले टिकट बिक्री गरिएको थियो । यो कार्यक्रम हेर्नको लागि हजारौं मानिसहरु टिकट लिएर गएका थिए तर राती १० बजेसम्म सपना नआएपछि दर्शकहरुले हंगामा गरे । कार्यक्रममा सपना नआए पनि टिकट किन्नेहरुको पैसा फिर्ता गरिएन । अदालतले ४ सेप्टेम्बर २०२१ मा सपना चौधरीको डिस्चार्ज अर्जी खारेज गरेको थियो ।


Last Updated on: November 18th, 2021 at 9:30 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५३ पटक हेरिएको

तपाईको प्रतिक्रिया