सोमबार १३ मंसिर २०७८

काठमाडौँ : नारी बिनाको जगत कल्पना पनि गर्न सकिदैन । नारी शृष्टिकर्ता हुन । जन्मदात्री हुन । नारीलाई प्रकृतिले दिएकाे विशेषता बच्चा जन्माउने हाे । हरेक मानिस आमाको कोखबाट जन्मेका हुन । साच्चै भन्ने हो भने संसारका समस्त प्राणीहरु आफ्नै आमाबाट जन्मेका हुन्छन । सायद यो संसारमा स्त्री हुने थिएन भने कस्तो होला जगत ? विवाह पछि हरेक महिलाको आमा बन्ने ठुलो सपना हुन्छ तर सबैले आमा बन्ने सौभाग्य भने पाउँदैनन्। उदाहरणको लागि नेपाली चलचित्र जगतका अभिनेत्रीहरुलाई लिन सकिन्छ। नेपाली चलचित्र क्षेत्रमा बिहे गरेर पनि आमा बन्न नचाहेका या आमा नबनेका केही चर्चित अभिनेत्री छन् जसमा मनिषा कोइराला, मिथिला शर्मा, गौरी मल्ल, रेखा थापा आदि पर्छन्।

रेखा थापा(Rekha Thapa) : –
करिब १२ वर्षसम्म चर्चित चलचित्र निर्माता छविराज ओझाको कान्छी पत्नी बनेर बसेकी अभिनेत्री रेखा थापाले सन् २०१२ मा अलग्गिने निर्णय गरिन्। अहिले रेखा एकल जिन्दगी बिताईरहेकी छिन्। रेखाले सन्तान प्राप्तिको अतुलनीय खुशी महसुस पनि गर्न पाइनन्। ३९ वर्षीय रेखाले दोस्रो विवाह गर्न पनि रुचि देखाएकी छैनन्।

मनिषा कोइराला(Manisha Koirala) : –
सन् २०१० जुन १९ मा काठमाडौंका व्यापारी सम्राट दाहालसँग लगनगाँठो कसे पनि बलिउड अभिनेत्री तथा नेपाली चेली मनीषा कोइरालाको वैवाहिक जीवन लामो समय टिक्न सकेन। तर त्यो बिहे एक बर्ष पनि टिकेन । सम्राटसँग छुट्टिएकै साल पाठेघरको क्यान्सर भएपछि उनले तीन वर्षको उपचारपछि क्यान्सरबाट छुट्कारा पाइन्। मनिषाले पनि सन्तान सुख पाउन सकिनन्।

गौरी मल्ल(Gauri Malla) : –
नेपाली सिने जगतकी चर्चित अभिनेत्री गौरी मल्ल फुलबल खेलाडी प्रज्वल भण्डारीसँग वैवाहिक बन्धनमा बाँधिएकी थिईन्। करिब सात वर्षसम्म एक साथ रहेर गौरीले वैवाहिक जीवन टुंग्याईन् । गौरीका पनि कुनै सन्तान छैनन् ।

मिथिला शर्मा(Mithila Sharma) : –
करिब ५५ वर्षको उमेरमा पूर्व प्रहरी महानिरिक्षक मोतिलाल बोहोराको कान्छी पत्नीका रुपमा सन् २०१४ मा वैवाहिक बन्धनमा बाँधिएकी मिथिला शर्माका पनि सन्तान छैनन् ।


Last Updated on: November 20th, 2021 at 7:03 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया