आइतबार १७ साउन २०७८

*#*#,आर्थिक मुद्दामा प्रमुख राजनीतिक दलहरूलाई साझा धारणा निर्माण गर्नका लागि दबाब दिन निजी क्षेत्रबीच कार्यगत एकता गर्नुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उद्योगी व्यवसायीहरुले ***मुलुकको आर्थिक समृद्धिका लागि राजनीतिक दलहरुलाई दवाव दिन निजी क्षेत्रका छाता संगठनहरुबीच कार्यगत एकता हुनुपर्ने बताएका हुन् । देशको अर्थतन्त्रमा करिब ७० प्रतिशत हिस्सा निजी क्षेत्रले ओगटेकोले मुख्य आर्थिक मुद्दामा निजी क्षेत्रको समान दृष्टिकोण हुनुपर्ने पनि उद्योगी व्यवसायीहरुको भनाई छ ।कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले आर्थिक मुद्दामा महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सबीच कार्यगत एकता गर्नुपर्ने बताए । उनले निजी क्षेत्रका छाता संगठनहरुको राष्ट्रव्यापी सञ्जाल ****भएको र सरकारको नीति निर्माण तहमा विशेष प्रभाव पार्न सक्ने भएकाले प्रभावशाली संगठनका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए ।
,#,#,आफू नेतृत्वमा आएसँगै ९० प्रतिशत मुद्दामा समान धारणा बनाउन सक्ने भन्दै प्रस्ताव समेत पेश गरीसकेको अध्यक्ष गोल्छाले बताए । उनले विभिन्न ५३ वटा बुँदा पहिचान गरी समान धारण निमार्ण गर्न परिसंघ र चेम्बरमा छलफलका लागि पठाइसेको पनि बताए ।
*#*#कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले पनि नीजि क्षेत्रका कतिपय मुद्दाहरुमा सरकार र राजनीतिक दलहरूले विभाजन गर्न खोजेको भन्दै एक भएर अगाडी बढे आफ्ना मुद्दा संस्थागत गर्न सकिने बताए । कार्यक्रममा उद्योगी व्यवसायीहरुले नीजि क्षेत्रलाई सधै कालाबजारीको रुपमा मात्र हेर्ने गरेको भन्दै नीजि क्षेत्रको सम्मान हुन नसेको गृनासो गरेका थिए ।


Last Updated on: January 27th, 2021 at 6:54 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
८० पटक हेरिएको

तपाईको प्रतिक्रिया