सोमबार १३ मंसिर २०७८

हिजोआज जोखिम मोलेर सेल्फी खिच्ने चलननै बेनको छ । सेल्फी खिच्ने क्रममा कयौंको ज्या’न गइसकेको छ र पनि मानिस जो’खिम मो’लेर सेल्फी खिच्न भने छाडेका छैनन् । जंगली जनावर, नदी, पहाड, रेलको अगाडि बसेर सेल्फी खिच्दा कयौंको ज्या’न गइसकेको छ । यस्तै घ’टना भारतमा भएको छ । सामाजिक सञ्जालमा भाइरल बन्न अहिलेका पुस्ता जस्तोसुकै जोखिम मोल्न तयार हुन्छन्। जसका कारण उनीहरुको अकालमै मृ्’त्युसमेत हुने गर्छ।

भारतको मध्यप्रदेशमा एउटा यस्तै घ’टना घटेको छ। समाजिक सञ्जालमा भाइरल बन्न दुई युवा रेलवे ट्र्याकमा टिकटकका लागि भिडियो बनाउने क्रममा एक जनाको मृ’त्यु भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्।

प्रहरीका अनुसार पथरौटा थानामा एक युवाले ‘गतिमा आइरहेका ट्रेन छेउँमा उभिएर भिडियो बाइरहेका थिए। सोही क्रममा ती युवकको टाउको ट्रे’न छोए’को बताइएको छ।

उनलाई तत्कालै अस्पताल पुर्‍याइए पनि चिकित्सकले उनलाई मृ’त घोषित गरेका थिए। उक्त भिडियो समाजिक सञ्जालमासमेत भाइरल बनेको छ। प्रहरीले त्यस्ता ठाउँमा भिडियो बनाउनेहरुलाई निगरानीमा राख्न थालेको बताइएको छ।


Last Updated on: November 23rd, 2021 at 3:01 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया