सोमबार १३ मंसिर २०७८

काठमाडौं। प्रियंका चोपडा र उनका पति निक जोनसको सम्बन्धवि’च्छेदको खबरले उनीहरुका फ्यानलाई आश्चर्यमा पारेको थियो । यसलगत्तै प्रियंकाकी आमा मधु चोपडाले यो खबर पूरै ग’लत भएको बताएकी थिइन् ।

यससँगै निक जोनसको तस्वीरमा प्रियंकाको कमेन्टले पनि सम्बन्धवि’च्छेदको खबर हल्ला मात्र हुन सक्ने संकेत गरेको थियो । यिनै हल्लाका बीच जोनस ब्रदर्श फेमिली रोस्टमा प्रियंकाले निकलाई निकै रोस्ट गरेकी छिन् ।प्रियंकाले यसको भिडियो इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

भिडियोमा उनले भनेकी छिन् ‘आज म यहाँ आएर निकै सम्मानित महसुस गरिरहेकी छु । जहाँ मैले आफ्ना पति निक जोनसलाई रोस्ट गर्नेछु र उनका दाजुहरुलाई पनि जसको नाम मैले कहिल्यै सम्झिन सक्ने छैन । म भारतबाट हुँ जहाँ संस्कृति, संगीत र मनोरञ्जनको भण्डार छ त्यसैले जोनस ब्र’दर्शले त्यहाँ आफ्नो प’कड बनाउन सकेनन् ।’

‘निक र मेरो बीचमा १० वर्षको उमेरको फरक छ र ९० को दशकका कैयौं पप कल्चर रि’फरेन्स छन् जो उनी बुझ्दैनन् र मैले उनलाई बुझाउनु पर्छ र यो कुरा ठिक छ किनकि हामी एक अर्कालाई केही कुरा सिकाउँछौं । उनले मलाई टिकटक

चलाउन सिकाए र मैले उनलाई देखाएँ कि एक सफल अभिनय करिअर कस्तो हुन्छ ।’ प्रियंकाका साथै उनका दाजु जो जोनसले पनि नि’कलाई निकै रोस्ट गरेका छन् ।


Last Updated on: November 24th, 2021 at 1:54 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया