सोमबार १३ मंसिर २०७८

टिकटकमा पछिल्लो समय कमाईको बिषयलाई लिएर होडबाजी नै चलेको छ । धेरैले कमाई हुन्छ, अझै करोडौं कमाई हुन्छ भनेर मिडियामा आईरहँदा कतिले भने यस कुरालाई बिश्वास गरेका छैनन् । पछिल्लो समय बिभिन्न टिकटक लाईभ होस्टरहरुले आफुले टिकटकबाट करोडौं कमाएको बताईरहँदा लाईभमा बसेर कमाउनेहरुको सँख्या पनि बढेको छ । वास्तवमा टिकटकबाट कमाई हुन्छ, लाईभमा बसेपछि देश तथा बिदेशबाट गिफ्टरहरुले दिने उपहार पैसामा कन्भर्ट भएर अकाउण्टमा बस्छ र निकाल्न मिल्छ । उक्त रकम डलर हुँदै नेपाली रुपैंयामा झिक्न मिल्छ । यस्तैमा धरानबाट एक चेली पैसा कमाएको भन्दै मिडियामा आएकी छिन् ।

सामन्था कार्की अरु लाईभ होस्टर भन्दा फरक छिन् । उनी बिवादमा आउँदिनन् र लाईभबाट कमाएको पैसाले बिभिन्न समय र ठाउँमा समाजसेवा पनि गरिसकेकी छिन् । यसैबिच बिदेश गएका उनका बुवा पनि फर्केर आएका छन् । छोरीको प्रगति र मनकारी स्वभाव देखेर बुवा दँग छन् । सामन्थाले टिकटकबाट कमाएको पैसाले आफ्नो कलेजको फि तितिर्छन र आवश्यकता पुरा गर्छिन भने सामाजिक काम पनि गर्दछिन् । शिशिर भण्डारीसँग भेट्दा उनले कमाएकै पैसाबाट जनक गन्धर्वका लागि रु १० हजार पनि सहयोग गरिन । भिडियो हेर्नुस


Last Updated on: November 24th, 2021 at 4:57 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया