सोमबार १३ मंसिर २०७८

पोखराका युवा व्यवसायी राजु गुरुङको निधन भएको छ । पोखरामा होटल व्यवसाय गर्दै आएका ३८ वर्षीय गुरुङको मंगलबार साँझ फेवासिटी अस्पतालमा उपचारको क्रममा निधन भएको हो । करिव एक सातअघि उच्च रक्तचापका कारण एक्कासी ढ’ले’पछि उनलाई अस्पतालमा भर्ना गरिएको बुल्सम्यान क्लबका अध्यक्ष नुना गुरुङले जानकारी दिएका छन् । राजु शारिरीक सुगठनका लागि कार्यरत संस्था बुल्सम्यान क्लबका उपाध्यक्षसमेत हुन् ।

पर्वत महाशिला गाउँपालिका स्थायी घर घएका राजुले पोखरामा व्यवसाय गर्दै आएका थिए । गुरुङको परिवारमा श्रीमती, एक छोरा, एक छोरी र आमा छन् । उनको आज तमु प्लेु संघ स्थित गुम्बामा धार्मिक परम्परा अनुसार अन्त्येष्टि गरिँदैछ ।

यो पनि, प्रधानमन्त्री देउवाले एमाले महाधिवेशनलाई सम्बोधन गर्ने- नेकपा (एमाले)को १० औँ महाधिवेशनलाई प्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्नुहुने भएको छ । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवा शुक्रबार यहाँ आएर महाधिवेशनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङका अनुसार देउवा बिहान ११ः४५ बजे भरतपुरस्थित जुनियर प्रहरी अधिकृत शिक्षालयमा आइपुग्नुहुनेछ । हेलिकोप्टरबाट आउने कार्यक्रम रहेको बताइएको छ । नारायणी नदी किनारमा हुने महाधिवेशन उद्घाटन सत्रमा सम्बोधन गरेर दिउँसो १ः१५ बजे उहाँ फर्कनुहुनेछ । तामाङका अनुसार जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, जनता समाजवादी पार्टी (लोकतान्त्रिक) का महन्थ ठाकुर वा राजेन्द्र महतो कार्यक्रममा आउने जानकारी प्राप्त भएको छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने वा नआउने टुङ्गो लागि सकेको छैन । अन्य राजनीतिक दलका नेतासमेत आउने कार्यक्रम रहेको छ । महाधिवेशनलाई सम्बोधन गर्न विदेशबाट विभिन्न दलका नेतासमेत आउँदै हुनुहुन्छ । एमालेले अहिलेसम्मको तयारी र पाहुनाका विषयमा आज दिउँसो पत्रकार सम्मेलन गरेर जानकारी दिने जनाएको छ । महाधिवेशन यही मङ्सिर १० गते देखि १२ गतेसम्म हुँदैछ । महाधिवेशनको उद्घाटन सत्रमा पाँच लाख नेता कार्यकर्ता सहभागी हुने पार्टीले जनाएको छ । बन्दसत्र सौराहामा गरिँदै छ ।


Last Updated on: November 25th, 2021 at 1:12 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३७ पटक हेरिएको

तपाईको प्रतिक्रिया