शुक्रबार ०४ आषाढ २०७८

किर्गिजस्तानका पूर्वप्रधानमन्त्री मुखाम्मेदकल्यी अब्यल्गाजीभलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।

****भ्रष्टाचारसम्बन्धी अभियोगमा छानबिनका लागि उनलाई पक्राउ गरिएको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन् । उनले भ्रष्टाचार गरेका केही प्रमाणहरु भेटिएको र अनुसन्धानको सिलसिला चलिरहेकाले थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरी अधिकारीहरुको भनाइ छ ।

*#*#प्रधानमन्त्रीको जिम्मेवारीमा रहेका बेला अब्यल्गाजीभले कानूनको उलङ्घन गरेको, स्रोत र शक्तिको दुरुपयोग गरेको, राज्यलाई नोक्सान पारेकोलगायतका आरोपहरु लगाइएको छ ।

खनिज स्रोत उपयोग र परिचालनसम्बन्धी निर्णयमा उहाँले अनियमितता गरेको भन्दै उनीसहित सरोकारवालाहरुलाई पनि प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।

पूर्वप्रधानमन्त्री अब्यल्गाजीभको वैधानिक रुपमा देखिने आम्दानीभन्दा कैयौँ गुणा धेरै आम्दानी देखिएकाले पनि शङ्का गर्ने आधार बढेको प्रहरी अधिकारीहरुले बताएका छन् । देशभरी नै उनको धेरै सम्पत्ति भेटिएको र त्यसको आम्दानीको स्रोत र आधार विश्वासीलो नभएको पाइएको छ ।

*#*#उनी किर्गिजस्तानको प्रधानमन्त्रीको रुपमा सन् २०१८ को अप्रिल २० तारिखका दिन नियुक्त भएका थिए । उनले झण्डै दुई वर्षपछि अर्थात् गत सन् २०२० को जुन १५ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका हुन् ।


Last Updated on: January 27th, 2021 at 8:57 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया