बिहिबार १० आषाढ २०७८

(कतिपय व्यक्तिको कलेजोले सही ढंगले काम गरिरहेको हुँदैन। यद्यपि यसबारे उक्त व्यक्ति बेखबर हुन्छ।)

*#*#जब समस्या चर्को बन्छ तब मात्र कलेजोमा गडबडी भएको थाहा हुन्छ। कलेजोले सही ढंगले काम गरिरहेको छ कि छैन भनेर सुरुदेखि नै सतर्क रहनुपर्छ।

कलेजोले सही ढंगले काम गरिरहेको छैन भने त्यसको लक्षण एवं सकेत देखापर्छ। उक्त संकेतलाई बुझेर सही समयमा उपचार गरियो भने सम्भावित खतराबाट बच्न सकिन्छ।

अतः यी पाँच लक्षण हुन्, जसले तपाईंको कलेजोमा केही गडबडी छ भनेर संकेत गर्छ। यी संकेतलाई देखापरेमा तुरुन्तै चिकित्सककहाँ भेट्नुपर्छ।

(दुखाइ)

कतिपय व्यक्तिको कलेजो सुनिन्छ। यस्तो अवस्थामा पेटको आकार स्वाभाविक भन्दा बढेको देखिन्छ। कतिपयले आफ्नो पेट बढेको भन्ने सोच्छन्।

तर, पेट बढेको छ र त्यसमा बेला बखत दुख्छ भने सचेत हुनुहोस्, तपाईंको कलेजो सुन्निएको पनि हुनसक्छ।

(अत्यधिक थकान)

अत्यधिक थकान हुनु, छाला रुखो हुनु र आँखाको आसपासमा कालो घेरा बन्नु पनि कजेलो खराब भएको संकेत हुनसक्छ। कलेजो खराब भएको वा कमजोर भएको स्थितिमा छाला क्षतिग्रस्त हुन्छ । साथै कपालको समस्या पनि देखापर्छ।


Last Updated on: January 27th, 2021 at 9:52 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया