शुक्रबार ०४ आषाढ २०७८

काठमाडौं। अभिनेत्री एलिजाबेथ हर्ले विवादमा तानिएकी छिन् । उनले मंगलबार सामाजिक संजालमा आफ्ना केही टपलेस फोटो शेयर गरेकी थिइन् । हिउँमा खिचिएका यी तस्वीरहरु निकै उत्तेजक थिए । यी फोटोहरु शेयर गरिएसँगै उनले यी तस्वीर आफ्ना १८ वर्षका छोरा डेमियनलाई खिच्न लगाएको भन्दै आलोचना भएको हो ।

यद्यपि उनले यी तस्वीर छोरालाई खिच्न लगाएको भन्दै आलोचना बढेपछि स्पष्टीकरण दिएकी छिन् । तर, उनको स्पष्टीकरणले पनि अर्को विवाद सृजना गरेको छ । उनले यी उत्तेजक तस्वीरहरु आफ्नी ८० वर्षकी आमाले खिचेको बताएकी छिन् । लगत्ते परिवारकै अगाडि नग्न पोज दिएको भन्दै उनको आलोचना बढेको छ ।

एलिजाबेथ बिकिनी र टपलेस पोज दिन हिच्किचाउँदिनन् । २०१८ मा एक अन्तरवार्ताको क्रममा उनले आफ्ना कैयौं बिकिनी फोटोहरु छोरा डेमियनले खिचेको खुलासा गरेकी थिइन् । एलिजाबेथले छोराले फोटोग्राफी पढ्दै गरेको र राम्रो फोटो खिच्ने भएकोले आफूले फोटो खिच्न लगाएको बताएकी थिइन्


Last Updated on: January 28th, 2021 at 5:55 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२०३६ पटक हेरिएको

तपाईको प्रतिक्रिया