बिहिबार २१ साउन २०७८

काठमाडौं – नेपाली चलचित्र क्षेत्रकी चर्चित अभिनेत्री वर्षा सिवाकोटीले फिल्म ‘सुदुर’ छाडेकी छिन् ।

रमेश बुढाथोकीको निर्देशनमा बन्ने यस फिल्ममा वर्षा सिवाकोटीको मूख्य अभिनय रहने बताइएको थियो । तर बर्षाल यस फिल्ममा अभिनय नगर्ने भएकी छिन् ।

फिल्मको छायांकन पटक पटक सारिएपछि बर्षाले फिल्म छाडेको बताइएको छ । उनले डेढ बर्ष अघि यस फिल्ममा साइन गरेकी थिइन् ।

फिल्म छायांकन हुनेमा शंका उत्पन्न भएपछि बर्षाले फिल्ममा अभिनय नगर्ने भएकी हुन् । फिल्मको छायांकन जुम्लामा गर्ने तयारी रहेको छ । अब बर्षा फिल्म परदेशी २ मा प्रकाश सपुतसँग देखिदैछिन् ।


Last Updated on: January 28th, 2021 at 7:08 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२५७ पटक हेरिएको

तपाईको प्रतिक्रिया