शुक्रबार ०४ आषाढ २०७८

*#*#*इलाम नगरपालिका–९ स्थित मेची राजमार्गमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ।
*##*#मृत्यु हुनेमा माईजोगमाई गाउँपालिका–३ की २८ वर्षीया सञ्जु आचार्य छिन्। इलामबाट झापातर्फ जाँदै गरेको को १८ प ६९७ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट जाँदै गरेको ना ३ ख २७३२ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिँदा आचार्यको मृत्यु भएको हो ।
*#*दुर्घटनामा मोटरसाइकल चालक सूर्योदय नगरपालिका– १० का ४२ वर्षीय उमेश शाह र मृतक आचार्यको दुई वर्षीय बालक घाइते भएका छन्।
*#*#घाइते दुबै जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ। ट्रक चालक पाँचथर हिलिहाङ–७ का ३६ वर्षीय भवानीप्रसाद तिमल्सिना प्रहरीको नियन्त्रणमा छन्।
*#*#*त्यस्तै यता काठमाडौँको दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा ३ ख ६१९९ नम्बरको मिनीट्रक अनियन्त्रित भई सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मङ्गलबार राति मृत्यु भएको हो ।
*#,#,दुर्घटनामा गम्भीर घाइते दुवै जनालाई उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुर्घटनालगत्तै उनीहरुलाई उपचारका लागि मनमोहन स्मृति सामुदायिक अस्पताल फर्पिङ लगिएको थियो । दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


Last Updated on: January 28th, 2021 at 9:59 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
३९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया