मंगलबार ०८ आषाढ २०७८

#*#*जब गर्भ रहन्छ, खानपान र जीवनशैलीमा सर्तकता अपनाउनै पर्छ । किनभने गर्भवतीले सेवन गर्ने खानेकुरा, गर्ने व्यवहार, भोग्ने दिनचर्या, सोच्ने शैली सबैको प्रभाव गर्भको बच्चामा पर्छ । त्यसैले स्वस्थ्य एवं सन्तुलित खानपान गर्नु, खुसी एवं प्रशन्न रहनु, सक्रिय हुनु, सकारात्मक सोच्नु, सुत्ने-उठ्ने-खाने तालिका नियमित गर्नु अपरिहार्य छ, खासगरी गर्भावस्थामा ।
#*#गर्भ रहेदेखि महिलाको शरीरमा विभिन्न प्रतिक्रिया देखिन थाल्छ । हर्मोनको असन्तुलनले केहि समस्या पनि निम्त्याउँछ । त्यसैले यी सबै कुराको जानकारी लिएर कुन अवस्थामा के गर्ने भन्ने ज्ञान हुन आवश्यक छ ।

(गर्भावस्थाको प्रारम्भिक लक्षण)

*. महिनावरी महिना चक्रक्रम रोकिनु

**. चक्कर लाग्नु

***. वान्ता हुनु

****. कहिले कहिं ज्वरो पनि आउन सक्छ

*****. सुरुवाती दिनमा हर्मोनल परिवर्तनको कारण केहि (शारीरिक समस्याहरु देखापर्छ)

के गर्ने ?
*. कुनैपनि भार उठाउनमा परहेज गरौ

**. व्यायाम पनि त्यती गरौं, जो चिकित्सकले भनेका छन्

***. ताजा र पौष्टिक भोजन सेवन गरौ, ताकि बच्चालाई पूर्ण रुपमा पोषण मिलोस्

****. आफुनो भोजनमा पत्तेदार सब्जी, दुध र दुधजन्य पदार्थ सामेल गरौ

*****. भिटामिन-सिले भरपुर पदार्थ लिनुहोस् ।

******. दिनमा कम्तीमा ६-७ गिलास पानी पिउनुहोस् ।

(दोस्रो महिना)
****** सबै गर्भवतीमा एकै किसिमको लक्षण नदेखिन सक्छ ।

*******. थकान लाग्ने, चक्कर लाग्ने हुन्छ । धेरै पटक पिसाब लाग्न सक्छ ।

*******( झर्को लाग्न सक्छ ।)

के गर्ने ?
********. यस समयमा मदिरा, ड्रग्स वा विषाक्त पदार्थको सम्पर्कमा बस्नुहुन्न । आफ्नो मर्जी अनुसार कुनैपनि औषधी सेवन नगर्ने ।

***. आफ्नो खानेकुरामा प्रोटिन, क्याल्शियम, कार्बोहायडे्रट, ताजा फल आदि सामेल गर्नुहोस् ।

*#*#यतिबेला हल्का थकान लाग्नसक्छ, त्यसैले पर्याप्त आराम लिनुहोस् ।

(तेस्रो महिना)
– यस अवधीसम्म आइपुग्दा तपाईको गर्भ निकै परिपक्क भइसकेको हुन्छ । विगतमा जस्तो समस्या वा खतरा हुँदैन । भ्रुण तिब्र रुपले बिकास हुन थाल्छ । योनीश्राव बढ्न सक्छ । कब्जियत हुनसक्छ । यतिबेला तपाईको गर्भवती पेट देखिन थाल्छ ।

(के गर्ने ?)
– बच्चाको तौलको बढेकाले कम्मरमा पीडा हुनसक्छ । त्यसैले गह्रौं बस्तु उठाउन हुन्न । फ्ल्याट जुत्ता लगाउनुपर्छ । आरमले बस्नुपर्छ ।
*#-# पर्याप्त मात्रामा क्याल्शियमको सेवन गर्ने, हल्का व्यायम गर्ने ।
(चौथो महिना)
यतिबेला गर्भको बच्चा चल्न थालेको महसुष हुन्छ । गर्भाशय बढ्न थाल्छ । थकान लाग्न सक्छ, कब्जियत हुनसक्छ । पेट फुल्ने समस्या पनि देखापर्छ । भोक लाग्छ । सफा योनीश्राव हुन्छ ।
(के गर्ने ?)
*. तपाईको छाला र मांसपेशी गर्भस्थ शिशुको समायोजित गर्नका लागि फैलन सुरु गर्छ । त्यसैले खुला एवं हल्का पहिरन लगाउने ।
***. तरल पदार्थ पिउने । सब्जी र फलफूल सेवन गर्ने ।
***. यतिबेला डेढ देखि दुई किलोसम्म तौल बढ्न सक्छ, चिन्ता नगरौ ।
.(पाँचौ महिना)
तपाईको गर्भमा तिब्र रुपमा शारीरिक परिवर्तन हुन्छ । बच्चा सक्रिय हुन थाल्छन् । बच्चाले खुट्टा चलाएको महसुष गर्न सकिन्छ । यतिबेला थकान लाग्ने, पेट फुल्ने, भोक लाग्ने, सास लिन गाह्रो हुने, कम्मर दुख्ने समस्या हुनसक्छ ।
(के गर्ने ?)… आरमदायक ढंगले बस्ने । सन्तुलित भोजन लिने ।


Last Updated on: January 28th, 2021 at 11:37 am
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९४ पटक हेरिएको

तपाईको प्रतिक्रिया