बिहिबार २१ साउन २०७८

****१५ माघ, वीरगञ्ज । नेपाली काँग्रेसले उद्योगी विनोद चौधरीको नेतृत्वमा ‘गरीखाने अभियान’ सुरु गरेको छ । बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा उक्त अभियान घोषणा गरियो ।*#*#*पत्रकार सम्मेलनमा अभियानका सहसंयोजक अनिल रुगंटाले नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियान सुरु गरिएको बताए । ****‘नेपाली जनतालाई गरीखाने बाटोमा लैजाने र पछि उनीहरुलाई हुनेखाने बनाउने योजना छ’ उनले भने ।पत्रकार सम्मेलनमा उद्योगी विनोद चौधरीले नेपाली काँग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने बताए । ****‘अभियान नेपाली काँगेसकै हो, तर यो दृष्टिकोणमा विश्वास गर्ने युवालाई समेट्छौं । यो बाटोमा लागेर उसले ल्याउने परिवर्तनलाई सफलताको गति दिन सक्छ’ उनले भने ।


Last Updated on: January 28th, 2021 at 3:04 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१७७ पटक हेरिएको

तपाईको प्रतिक्रिया