सोमबार ०७ आषाढ २०७८

*#*संसद विघटन पछि अनौपचारीक रुपमा अलग्गीएका नेकपाका अध्यक्ष पुष्पकमपल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी शर्मा ओलीले दिनहुँ कुनै न कुनै टिप्पणी गरिरहेका छन् । दुई अध्यक्षले एक अर्कालाई दिएका अभिब्यक्ति दोहोरी जस्तै सुनिन्छन् । विहिवार फेरी प्रधानमन्त्री ओलीले प्रचण्ड विरुद्ध नयाँ टिप्पणी गरेका छन् । उनले जनयुद्धमा प्रचण्डु जंगल नबसेको दाबी गरेका छन्।
****नेपाल ट्रेड युनियन महासंघको भेलामा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो दावी गरेका हुन् । तत्कालिन माओवादीका कार्यकर्ता जंगल पस्दा उनी भारतको दिल्लीमा आराम गरेको टिप्पणी गरेका छन् ।
‘आफु समर्थक कार्यकर्तालाई सम्बोधन गर्दै उनले भने उहाँ जंगल बसेको होइन। त्यसबेला दिल्ली हुनुहुन्थ्यो हामीलाई थाहा छ,’ प्रधानमन्त्री ओलीले भने, ‘कार्यकर्ता जंगल बसाउनुभयो। जेलवाला तेलले जुल्फी कोरेर उहाँ दिल्ली बस्नुहुन्थ्यो।’
****उनले नेकपा विभाजनवाट निरास नहुन कार्यकर्तालाई भनेका छन् । प्रचण्ड नेपाललाई पिलोको संज्ञा दिँदै उनले पिलो निचोरिएपछि नेकपा थप गतिशिल भएको टिप्पणी गरेका छन् ।
*#*#*प्रधानमन्त्री ओलीले आफ्नै सरकार ढाल्न, अस्थिरता मच्चाउन प्रचण्ड माधवहरु लागेको भन्दै उनीहरु अहिले नक्कली देशभक्त बन्ने खोजेको आरोप लगाए । ‘अब पार्टीमा विकृति विसंगति, स्वार्थी प्रवृति, नीजि र पारिवारिक काम गर्ने प्रवृत्तिहरु किनारा लाग्छन् । यो महान शुद्धीकरण हो’ ओलीको भनाई छ ।


Last Updated on: January 28th, 2021 at 4:36 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९९ पटक हेरिएको

तपाईको प्रतिक्रिया