सोमबार ०७ आषाढ २०७८

*#*#बलिउड अभिनेता विनोद खन्नाले आफ्नो करियरमा कयौ सम्झन लायक चलिचित्र दिएका छन् । विनोद खन्ना सफलताको बाबजुद पनि उनले जीवनमा शून्यता महसुस गरेर आलिशान घर छोडेर सन्यास लिए । ७० को दशकको अन्ततिर उनले सन्यास लिएर आध्यात्मिक गुरु ओशोको आश्रममा गए। तर विनोद खन्नासँगको एक भुमिका भने बलिउड अभिनेत्री माधुरी दीक्षितलाई आज पनि पछुतो लाग्छ ।

****विनोद खन्नाको चलचित्रमा रोमान्टिक रोल गर्ने बारे सोचेका थिए । सो समय फिरोज खान ‘दयावान’ फिल्म बनाइरहेका थिए । विनोदलाई फिरोज खानले दयावानको मुख्य भुमिका निभाउन अफर गरे । साथै अभिनेत्रीको लागि खानले माधुरीलाई छानियो ।

*#*#उक्त समय माधुरीको उमेर २१ बर्षको थियो भने विनोद खन्ना ४२ बर्ष पुगेका थिए । बलिउड उद्योगमा संघर्ष गरिरहेकी माधुरीले सो समय फिल्मको लागि तयार थिइन् तर हीरोको उमेरे निकै धेरै रहेको बताउथिन् । यसैबिच फिल्मको सुटिङ शुरू भयो ।

***फिल्ममा माधुरी र विनोदको केहि इन्टीमेट र लिपलक सीन थियो । सबैले सोचेका थिए कि शायद माधुरीयो सीन गर्ने छैनन् । माधुरीले सबैको अगाडि विनोदसँग सहजताका साथ सीन दिइन् । जब फिल्म रिलीज भयो तब दर्शकले सबैभन्दा ज्यादा इन्टीमेट सीनको बारेमा कुरा गरे । सो समय यस प्रकारको सीन फिल्मामा ठुलो कुरा हुन्थ्यो ।

*#*#माधुरीले एक अन्तर्वार्तामा फिल्म दयावानमा उनले जुन किस सीन गरिन् , त्यसको आज पनि उनलाई पछुतो रहेको बताइन् । उनले भनिन्,’ सो समय मैले त्यसतो गर्नुहुने थिएन ।’ दयावानपछि माधुरीले आफ्नो करियरमा पुन: कुनै बोल्ड सीन दिइएकी छैनन् ।


Last Updated on: January 28th, 2021 at 5:02 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
१९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया