शनिबार १८ मंसिर २०७८

***प्रतिपक्षी नेकपा समूहका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले प्रधानमन्त्री केपी ओलीले चाल्न सक्ने कुनैपनि खाले तानाशाही कदमको प्रतिरोधमा उत्रन आफ्ना कार्यकर्तालाई निर्देशन दिएका छन् ।

*#*पार्टीको केन्द्रीय संघर्ष समिति सचिवालयको बिहीबार बसेको बैठकमा अध्यक्षद्वयले चनाखो रहन सबै नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

*#*यसैगरी, दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयविरुद्ध आउँदो माघ २८ गते काठमाडौँमा अहिलेसम्मकै विशाल जनप्रदर्शन गर्ने निर्णय पनि गरेको छ।

*#*#प्रतिगमनका विरुद्धमा देशव्यापी आन्दोलनले जनतामा जागरण पैदा गरेको ठहर गर्दै आन्दोलनलाई अझ सशक्त बनाइनुपर्ने निचोड निकालिएको नेता विष्णु रिजालले जानकारी दिए।

*#*#बैठकमा अध्यक्षद्वय दाहाल र नेपालले आन्दोलनमा समर्थन गर्ने सबैमा धन्यवाद दिंदै संविधान, लोकतन्त्र, गणतन्त्र, संघीयता र समानुपातिक प्रणालीको रक्षा गरेरै छाडिने प्रतिवद्धता जनाएका थिए।

आफूहरूसँग केन्द्रीय कमिटीको दुई तिहाई रहेको र त्यही कमिटीलाई निर्वाचन आयोगले पठाएको पत्रमा पनि उल्लेख गरेकाले पार्टी आफ्नै पोल्टामा आउनेमा दुविधा पाल्नु नपर्ने नेताद्वयको भनाइ थियो।


Last Updated on: January 28th, 2021 at 6:47 pm
युज यस न्युज पोर्टल मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।
२६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया